Subject: Nepali
कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने अथवा काम कसैबाट प्रेरित भएर भएको हो भन्ने अर्थ बुझाउन गरिएको वाक्य, क्रियापद वा अन्य शब्दमा गरिने परिवर्तनलाई प्रेरणार्थक वाक्य भनिन्छ | प्रेरणार्थक क्रियाले कर्ताबाट कार्य नभई उसले अरूलाई कार्य गर्नका लागि प्रेरित गरेको कुरा स्पष्ट देखाएको हुन्छ | यस्तो वाक्यमा प्रेरणात्मक धातुबाट बनेका क्रियापदको प्रयोग हुन्छ |
जस्तै :-
माथिका उदाहरणहरूमा प्रेरणार्थकको रचना यसरी गरिएको छ :
प्रेरक कर्ता प्रेरित कर्ता (कर्म) प्रेरणार्थक क्रियापद धातुको संरचना
तिमी भाइ नचाउँछ्यौ नचाउ (नाच् + आउ)
म विपिन गराउँछु गराउ (गर् + आउ)
सरू रचना हँसाइन् हसाउ (हास् + आउ)
शिक्षक विद्यार्थीहरू पढाए पढाउ (पढ् + आउ)
तलका वाक्यलाई प्रेरणार्थक बनाउनुहोस् :
ऊ कुर्सीमा बस्छ |
श्याम उसलाई कुर्सीमा बसाउँछ |
भगतसिंह ढोलक बजाउँछ |
हरि भगतसिंहलाई ढोलक बजाउँन लगाउँछ |
पूर्णसिंह डोको बुन्छ |
राधेश्याम पूर्णसिंहलाई डोको बुनाउँछन् |
अनिता टाइप गर्छे |
रोशनी अनितालाई टाइप गराउँछे |
एलिसा खेतमा काम गर्छे |
सानी एलिसालाई खेतमा काम गर्न लगाउँछे |
म असल मान्छे बन्छु |
गुरुले मलाई असल मान्छे बनाउनुहुन्छ |
प्रतिक्षा कविता लेख्छे |
आमा प्रतिक्षालाई कविता लेखन लगाउनुहुन्छ |
डकर्मी घर बनाउँछ |
केशव डकर्मीलाई घर बनाउन लगाउँछ |
नानी कोक्रामा सुत्छ |
दिदी नानीलाई कोक्रामा सुताउनुहुन्छ |
किसन हलो जोत्छ |
अमर किसानलाई हलो जोत्न लगाउँछ |
दिपक डाक्टर भयो |
इन्द्र दाइले दिपकलाई डाक्टर हुन लगाउनुभयो |
म गीत सुन्छु |
बराल सर मलाई गीत सुनाउनुहुन्छ |
कृष्ण जनकलाई कापी दिन्छ |
सुनिल कृष्णद्वारा जनकलाई कापी दिलाउँछन् |
केटाहरू कराए |
मैले केटाहरूलाई कराउन लगाएँ |
कर्मचारीले काम गर्छ |
हाकिम कर्मचारीलाई काम गराउँछ |
तलका प्रेरणार्थक क्रियालाई वाक्यमा प्रयोग गर्नुहोस् :
खेलाउनु
कोचले हामीलाई फुटबल खेलाउनुभयो |
घुमाउनु
बाबाले मलाई पोखरा घुमाउनुभयो |
कुदाउनु
प्रशिक्षकले खेलाडीलाई मैदानमा कुदाए |
नचाउनु
गुरुआमाले सविनालाई कक्षामा नचाउनुभयो |
सुताउनु
आमाले भाइलाई कोक्रामा स् सुताउनुभयो |
पढाउनु
गुरुले आज वैशाख कविता पढाउनुभयो |
बसाउनु
दिदीले मलाई कुर्सीमा बसाउनुभयो |
लेखाउनु
कक्षामा शिक्षकले सारंश लेखाउनुभयो |
चुठाउनु
दिदीले सानी नानीलाई चुठाउनुभयो |
खुवाउनु
म बहिनीलाई भात खुवाउँछु
गराउनु
गर्न लगाउनु
घोक्नु
घोकाउनु
देख्नु
देखाउनु
बन्नु
बनाउनु
गर्नु
गराउनु
गर्नु
गराउनु
लाग्नु
लगाउनु
तलका प्रेरणार्थक वाक्यलाई सामान्य वाक्यमा रूपान्तरण गर्नुहोस् :
किसानले हलीलाई खेत जोताउँछ |
हली खेत जोत्छ |
देबु भरियालाई भारी बोकाउँछ |
भरिया भारी बोक्छ |
साथी अरूलाई हसाउँछ |
अरु हाँस्छन् |
महेश साथीलाई भारी बिसाउन लगाउँछ |
साथी भारी बिसाउँछ |
गुरु सबै विद्यार्थीलाई पढाउनुहुन्छ |
सबै विद्यार्थी पढ्छन् |
घरधनीले खेतालालाई घर छाउन लगायो |
खेतालाले घर छाए |
आमाले छोरालाई बिस्कुन सुकाउन लाउनुभयो |
छोराले बिस्कुन सुकायो |
म विकासलाई चिना हेराउँथें |
विकास चिना हेर्थ्यो |
दाइ उसलाई खेल खेलाउँदै छन्
ऊ खेल खेल्दै छ |
काका विमललाई ज्योतिष बनाउनुहुन्छ |
विमल ज्योतिष बन्छ |
© 2019-20 Kullabs. All Rights Reserved.