शब्दभण्डार

Subject: Nepali

Find Your Query

Overview

यस नोटमा शब्दभण्डार अन्तरगत परिभाषितक शब्द ,प्राविधिक शब्दको बारेमा उल्लेख गरिएको छ |
शब्दभण्डार

 

शब्दभण्डार 

परिभाषितक शब्द 

 

कुनै निश्चित विषय वा क्षेत्रमा प्रयोग हुने विशेष शब्द नै पारिभाषिक शब्द हुन् | अर्थात् कुनै पनि वस्तु चिज तथा पदार्थको परिभाषा दिएर अर्थ बताइने शब्दलाई पारिभाषिक शब्द भनिन्छ |

जस्तै :-

  • गद्य (छन्द नभएको रचना) : कथा र उपन्यास गद्यमा रचिएका हुन्छन् |
  • प्रतीक (चिन्ह) : नेपालको राष्ट्रिय झण्डा हाम्रो गौरवपूर्ण इतिहास, संस्कृति र सभ्यताको प्रतीक हो |
  • दिवास्वप्न (असम्भव कल्पना) : रामकृष्णले चन्द्रमा पुग्ने दिवास्वप्न देखेको छ |

 

प्राविधिक शब्द 

 

कुनै पनि वस्तु, चिज तथा पदार्थको विज्ञान प्रविधि, कानुन आदि क्षेत्रमा प्रयोग गरिने शब्द नै प्राविधिक शब्द हुन् |

जस्तै :-

  • ध्वनि (विज्ञानमा – आवाज) : कुनै वस्तुको कम्पनबाट ध्वनि उत्पन्न हुन्छ |
  • अन्तरिम (अस्थायी) : यस चुनावका समयमा अन्तरिम मन्त्रीमण्डल गठन गरिएको छ |
  • प्रत्यारोप (अङ्ग सार्ने काम) : अब नेपालमै मुटुको प्रत्यारोप हुन्छ |

 

 

 

Things to remember
  • कुनै निश्चित विषय वा क्षेत्रमा प्रयोग हुने विशेष शब्द नै पारिभाषिक शब्द हुन् |
  • कुनै पनि वस्तु, चिज तथा पदार्थको विज्ञान प्रविधि, कानुन आदि क्षेत्रमा प्रयोग गरिने शब्द नै प्राविधिक शब्द हुन् |
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

शास्त्रीय          मसानघाट           सृष्टि              दार्शनिक

उर्जा              ग्रह                     सृष्टिविज्ञान    प्रकृति

ब्राम्हण          साहित्य                कला               नीति

धर्म               पन्च महाभूत        कर्मयोग          नीतिशास्त्र

संस्कृति        बालुवाको महल      उपनिषद         चतुर्भुज

त्रिनेत्रधारी     चुतुर्मुख                सर्वाङ्गीण       इतिहास

राजनीतिज्ञ    अन्तरिक्ष             मरुभूमि          साहित्यकार

वैज्ञानिक      राहु                     चाणक्य नीति आदि |

उत्तम – सरला अब्बल अङ्कमा एस.एल.सी उत्तीर्ण भई |

अमिलो – अमिलोलाई संस्कृतमा अम्ल भनिन्छ |

हरेक चार-चार वर्षमा आउने ३६६ दिन हुने इस्वी वर्ष – यो २०१६ अधिक वर्ष हो |

सरकारी रूपमा कसैको नाममा दर्ता नभएको जग्गा – सुकुम्बासीलाई सरकारले ऐलानी जग्गा तत्कालै बाँड्दै छ |

तत्वको कमी  – कुपोषणका करण विश्वमा धेरैले ज्यान     गुमाइसकेको छन् |

पोषक तत्वको कमी  – कुपोषणका करण विश्वमा धेरैले ज्यान     गुमाइसकेको छन् |

सेनाहरूको एक गण – नेपाली सेनाको कालीगण नामक गुल्म काठमाडौँ मा छ |

लय – पद्य कविताहरू छन्दमा लेखिएका हुन्छन् |

सजिव अणु – सूक्ष्मदर्शक यन्त्रले मात्बाट जीवाणु देख्न सकिन्छ |

सूर्यबाट प्राप्त हुने गर्मी – नेपालको अन्य ठाउँको भन्दा तराइको तापक्रम  हुन्छ |

विदेश - हाम्रो दाजु देशान्तर भ्रमणमा जानुभएको दश दिन भयो |

आवाज – हवाइजहाजले शहरको ध्वनि प्रदूषण गरेको छ |

जानकारी गराउन पठाइने पत्र / सूचना - शिक्षा मन्त्रालयले प्रत्येक विद्यालयलाई नयाँ शैक्षिक सत्रसम्बन्धी परिपत्र गरेको छ |

भाषाको क्षेत्रीय भेद – हाम्रो देशमा प्रसस्त भाषीकाहरू छन् |

आयात वा निर्यात हुने मालसामानमा लाग्ने शुल्क – सरकारले यस पटक भन्सार शुल्क तीस प्रतिसतले बृद्धि गरेको छ |

बढी पहिरो आदिबाट जमिन बग्ने काम – नेपालमा वर्षेनी भूक्षय भैरहेको छ |

तरल पदार्थ – हाम्रो शारीरमा पानीको मात्रा बढाउन रस भएका खानेकुरा खानुपर्छ |

चिरफार पद्धतिले गरिने उपचार – अस्पतालमा धेरै विरामीहरूको शल्यचिकित्सा विधिले उपचार गरिन्छ |

हिउँ पग्लेर बग्ने नदी – नेपालमा थुप्रै हिमनदी रहेका छन् |

संस्कार – इमानसिंह चेमजोङ किराँती संस्कृति उत्थानका लागि ठूलो योगदान दिए |

वाणी/वाक  – भाषा विचार विनिमयको मध्यम हो |

शब्द तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र – नेपाली व्याकरणको इतिहास धेरै पुरानो छ |

आचारसंहिता – कुनै पनि कामको लागि नीति अति आवश्यक हुन्छ |

उचित रङ्गहरूको सार्थक प्रयोग गर्ने तरिका – मिथिला चित्रकलामा  रङ्गयोजनाबारे घरैमा छोरीलाई सिकाइन्छ |

समय सूची – हाम्रो विद्यालयले वार्षिक कार्यतालिका बनाएको छ |

प्रजातन्त्र – नेपालमा लोकतन्त्रको स्थापनासँगै कार्यान्वयनको प्रक्रिया पनि अघि बढिरहेको छ |

माग पूरा गर्ने उद्देश्य गरिने दवाव मूलक कार्यक्रम - नेपलमा राजनीतिक परिवर्तन गर्न ठूला साना आन्दोलनहरू भइरहेका छन् |

© 2019-20 Kullabs. All Rights Reserved.