वाक्य संश्लेषण

Subject: Nepali

Find Your Query

Overview

यस नोटमा वाक्य संश्लेषणको बारेमा चर्चा गरिएको छ |
वाक्य संश्लेषण

वाक्य संश्लेषण 

   कुनै दुई वा दुईभन्दा बढी स्वतन्त्र रूपमा प्रयोग भएका सरल वाक्यहरूलाई जोडेर एउटै वाक्य बनाउने प्रक्रियालाई वाक्यसंश्लेषण भनिन्छ | वाक्यसंश्लेषणले वाक्यहरूलाई गाँस्ने, जोड्ने वा एकबद्ध पार्ने काम गर्दछ | वाक्यसंश्लेषण गर्दा सामान्यतया अर्थमा कुनै फरक पार्नुहुँदैन तर शब्दको थपघट भने हुन्छ | वाक्यसंश्लेषण गरेर सरल, मिश्र तथा संयुक्त जुन वाक्य पनि बनाउन सकिन्छ | जस्तै :-

  • हरिश असल छ |
  • हरिश पढ्न सिपालु छ |

माथिका दुई स्वतन्त्र सरल वाक्यहरूलाई यसरी वाक्य संश्लेषण गर्न सकिन्छ :

  • सरल वाक्य - पढ्न सिपालु हरिश असल छ |
  • मिश्र वाक्य - हरिश जो पढ्न सिपालु छ, त्यो असल छ |
  • संयुक्त वाक्य - हरिश सिपालु छ अनि पढ्न सिपालु छ |

 

 

Things to remember
  •  सरल वाक्यहरूलाई जोडेर एउटै वाक्य बनाउने प्रक्रियालाई वाक्यसंश्लेषण भनिन्छ | 
  • वाक्यसंश्लेषणले वाक्यहरूलाई गाँस्ने, जोड्ने वा एकबद्ध पार्ने काम गर्दछ |
  • वाक्यसंश्लेषण गरेर सरल, मिश्र तथा संयुक्त जुन वाक्य पनि बनाउन सकिन्छ | 
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.
Questions and Answers

किसानले धान फलाएर भकारी भर्छ |

 हामीले वृद्धवृद्धाको सेवा गरेर पुण्य कमाउन सक्नुपर्छ |

हामीले सभ्यताको धज्जी उडाएर मानवता गुमाउनुहुन्न |

उनीहरू पाथीभरा गएर देवीको दर्शन गरी हाँसपोखरी झरेपछि वनभोज खान्छन् र बुधबारे फर्कन्छन् |

भीमसेन थापाले सुनधारामा बनाएको धरहरा १९९० को भूकम्पले भत्किएपछि काठमाडौँको आकर्षण बनेको छ |

आज कार्तिक २७ गते देवकोटा जयन्तीको दिन हो | विगतका वर्षहरूमाझैँ यो वर्ष पनि हाम्रो विद्यालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीमा कविगोष्ठीको आयोजना गरी मनायो | गोष्ठीमा थुप्रै कविहरूले भाग लिए पनि उत्कृष्ट रचना भने त्यति आएनन् तथापी नवोदित कविहरूको  सहभागिता भने सन्तोषजनक नै रहेको थियो | जेहोस् कार्यक्रममा जति कविहरू उपस्थित थिए ती सबैले देवकोटाकै  बारेमा रचना सुनाए | जसरी हाम्रो विद्यालय सधैँ भव्यरूपमा देवकोटा जयन्ती मनाउँछ त्यसरी अहिलेसम्म अरू कुनै पनि विद्यालयले मनाएको देखिदैन |

 

© 2019-20 Kullabs. All Rights Reserved.