Subject: Nepali
नामिक पदसँग जोडिएर वा सम्बन्धित भएर वाक्य भित्रका अन्य पदहरुसँग सम्बन्ध स्थापित गर्ने विभक्ति बाहेकका अव्यय शब्दलाई नामयोगी भनिन्छ| यस नोटमा नाम्योगी, क्रियायोगी, संयोजक, विस्मयादिबोधक र निपातको बारेमा व्याख्या गरिएको छ|
नामिक पदसँग जोडिएर वा सम्बन्धित भएर वाक्य भित्रका अन्य पदहरुसँग सम्बन्ध स्थापित गर्ने विभक्ति बाहेकका अव्यय शब्दलाई नामयोगी भनिन्छ| नामयोगी मुख्यतय नाम, सर्वनाम र विशेषणका पछाडी तथा कहिलेकाहिँ अव्ययका पछाडी विभक्ति झैँ जोडिन आउँछन्|
उदाहरण: ऊ तिमीमाथि अन्याय गर्दै छ|
नामयोगी निम्न प्रकारका हुन्छन्:
क्रियापदको विशेषता अथवा क्रियासँग सम्बन्ध राख्ने शब्दलाई क्रियायोगी भनिन्छ| यसले क्रियापदको स्थान, समय, परिमाण, रिति, कारण व हेतु आदि सम्बन्धि विशेषता बताउँदछ| वाक्यमा कहाँ, कसरी, कति, किन, के गरेर आदि प्रश्न को उत्तरमा आउने शब्दलाई क्रियाविशेषण भनिन्छ|
क्रियाविशेषण मुख्यतया: पाँच प्रकारका हुन्छन्:
वाक्यभित्र दुई वा सो भन्दा बढि शब्द शब्दावली तथा उपवाक्य जोड्ने अव्यय शब्दलाई संयोजक भनिन्छ| संयोजक निम्न दुई प्रकारका हुन्छन्:
मानव मनमा उब्जने विभिन्न संवेग आश्चर्य, खुसी, दुख, रीस, प्रशंसा आदिलाई जनाउन प्रयोग गरिने अव्यय पदलाई विस्मयादिबोधक भनिन्छ| विस्मयादिबोधकले विभिन्न अवस्थामा मानिसका मनमा उब्जेका विस्मय, आश्चर्य, हर्ष, शोक, पीडा, घृणा, सम्बोधन आदिलाई बुझाउँछ| जस्तै: आहा, ओहो, आम्मै, ए, अरे, ल आदि| विस्मयादिबोधक निम्न प्रकारका छन्:
आफ्नो खास अर्थ नहुने अथवा छुट्टै र स्वतन्त्र अर्थ नहुने तर वाक्यलाई रोचक वा मिहासपूर्ण बनाउने अव्यय शब्दलाई निपात भनिन्छ| निपातले वाक्यलाई घतलाग्दो एवम् तिख्खर बनाउने कार्य गर्दछन्| आफ्नो स्वतन्त्र अर्थ नभए पनि निपातले वाक्यमा विभिन्न धारणा, अनुभुति, र अभिव्यक्तिलाई सहज ढंगले प्रकट गर्न सहयोग गर्छन्| निपात वाक्यको सुरु, विच, र अन्त्यमा प्रयोग हुन्छन्| निपातका प्रकारलाई निम्न आधारमा देखाउन सकिन्छ|
अक्षरको आधार: यस आधारमा निम्न प्रकारका छन्:
अर्थको आधार: यस आधारमा निपात निम्न प्रकारका छन्:
© 2019-20 Kullabs. All Rights Reserved.