Subject: Nepali
वाक्यमा नाम, सर्वनाम, विशेषण, क्रिया र क्रियायोगी पदहरु हुन्छन्| ती पदहरुका बीच लिङ्ग, वचन, पुरुष, र आदर जस्ता व्याकरणात्मक कोटिमा हुनु पर्ने मेललाई व्याकरणमा पद सङ्गति भनिन्छ| यस नोटमा पद सङ्गतिको बारेमा उल्लेख गरिएको छ|
वाक्यमा नाम, सर्वनाम, विशेषण, क्रिया र क्रियायोगी पदहरु हुन्छन्| ती पदहरुका बीच लिङ्ग, वचन, पुरुष, र आदर जस्ता व्याकरणात्मक कोटिमा हुनु पर्ने मेललाई व्याकरणमा पद सङ्गति भनिन्छ| पदहरुका बीच उचित मेल भएन भने वाक्य अशुध्द मानिन्छ|
उदाहरण: केटो गई| केटो गयो| (लिङ्ग सङ्गति)
(लिङ्ग, वचन, पुरुष र आदरमा)
कर्ता र क्रिया वाक्यका अनिवार्य तत्व हुन्| कर्ता र क्रिया बीच लिङ्ग, वचन, पुरुष र आदरमा हुनु कर्ता र क्रियाको पद सङ्गति हो|
उदाहरण: केटो पढ्छ| केटाहरु पढ्छन्| (वचन सङ्गति)
(लिङ्ग, वचन, पुरुष र आदरमा)
कर्मवाच्य भएको वाक्यमा कर्म र क्रियाका बिचमा पद सङ्गतिको व्यवस्था छ| अर्थात कर्मवाच्य भएको वाक्यमा कर्म र क्रिया बीच लिङ्ग, वचन, पुरुष र आदरमा सङ्गति हुन्छ| कर्म जुन लिङ्ग, वचन, पुरुष र आदारमा हुन्छ क्रिया पनि त्यही लिङ्ग, वचन, पुरुष र आदरमा हुनु कर्म र क्रिया बिचको पद सङ्गति हो|
उदाहरण: रमा पिटिई| हरि पिटियो| (लिङ्ग सङ्गति)
(लिङ्ग, वचन, पुरुष र आदरमा)
विशेषण र नामका बीच लिङ्ग, वचन, पुरुष र आदरको पद सङ्गति हुन्छ| विशेषण विशेष्य अनुसारको हुन्छ| अर्थात नाम जुन लिङ्ग, वचन, पुरुष र आदरमा हुन्छ विशेषण पनि त्यही लिङ्ग, वचन, पुरुष र आदरमा हुनु विशेषण र नामका बिचको पद सङ्गति हो|
उदाहरण: कालो केटो आयो| काली केटी आई| (लिङ्ग सङ्गति)
(लिङ्ग, वचन र आदरमा)
भेदक र भेध्यका बीच लिङ्ग, वचन र आदरको पद सङ्गति हुन्छ| षष्ठी विभक्ति चिन्ह लागेर बनेको नामीक शब्द भेदक हो जसले विशेषणात्मक कार्य गर्छ| भेदकले जसको बयान गर्छ, त्यो नाम शब्द नै भेध्य हो|
उदाहरण: मेरो भाइ रोयो| मेरो दाजु रुनु भयो| ( आदर सङ्गति)
(वचन र आदरमा)
नाम र सर्वनामका बीच वचन र आदरको पद सङ्गति हुन्छ| सर्वनाम नामको सट्टामा र नामको स्थानमा आउने भएकोले नामको वचन र आदर अनुरुप सर्वनामको वचन र आदरको पद सङ्गति हुन्छ|
उदाहरण: बहिनी आई, उसले गीत गाई| दिदी आइन्, उनले गीत गाइन्| (आदर सङ्गति)
© 2019-20 Kullabs. All Rights Reserved.