क्रियापद

Subject: Nepali

Find Your Query

Overview

कर्ताले गर्ने कार्यव्यापारका अतिरिक्त वाक्यमा कुनै काम, घटना, अवस्था आदि बुझाउने र वाक्य टुङ्ग्याउन सक्ने शब्द/ पदलाई क्रियापद भनिन्छ। यस नोटमा क्रियापद र त्यसको प्रकारका बारेमा लेखिएको छ|

क्रियापद

क्रियापद

कर्ताले गर्ने कार्यव्यापारका अतिरिक्त वाक्यमा कुनै काम, घटना, अवस्था आदि बुझाउने र वाक्य टुङ्ग्याउन सक्ने शब्द/ पदलाई क्रियापद भनिन्छ। क्रिया वाक्यको महत्त्वपुर्ण घटक हो। क्रियालाई वाक्यमा समापक पदका रुपमा लिइन्छ र यसको अभावमा वाक्यले पूर्णता प्राप्त गर्न सक्दैन। क्रियापदलाई निम्नानुसार वर्गीकरण गरिएको छ।

वाक्य समाप्तिका आधारमा

  • समापिका: वाक्य टुङ्ग्याउने क्रिया
  • असमापिका: वाक्य नटुङ्ग्याउने क्रिया

उदाहरण: खाएर, भन्नेछ, सुतेर आदि|

 

अर्थ प्रधानका आधारमा

  • मुख्य क्रिया: मुख्य अर्थको क्रिया
  • सहायक क्रिया: सहायक अर्थको क्रिया

उदाहरण: भन्नु, खानु, सक्नु छ, बोल्नु आदि|

कर्म लिने र नलिने आधारमा

  • अकर्मक: कर्म नलिने क्रिया
  • सकर्मक: कर्म लिने क्रिया 
  • द्विकर्मक: दुईवटा कर्म लिने क्रिया            
  • परकापेक्षी: पूरकको अपेक्षा गर्ने क्रिया

उदाहरण: पढ्यो, भन्थ्यो, मर्ला आदि|

संरचनाका आधारमा

  • सरल: एउटा धातुबाट बनेको क्रिया
  • जटिल: एकभन्दा धेरै धातुबाट बनेको क्रिया

 उदाहरण: खान्छ, सुत्ला, गर्न सक्छ, खाएको थियो आदि|

क्रियापदका कार्यहरु

  • क्रियापदले कुनै पनि वाक्यलाई पुरा गर्ने काम गर्दछ।
    जस्तै: राम घर जान्छ।

  • क्रियापदले वाक्यमा कर्तापदले गर्ने कार्यको वर्णन गर्दछ।
    जस्तै: रामले खेत जोत्यो।

  • क्रियापदले वाक्यमा असमापिकाको रुपमा आएर एउटै वाक्य निर्माणमा मद्धत गर्दछ।
    जस्तै: रामले खाना खान्छ।
    राम बिद्यालय जान्छ।

  • क्रियापदले सकारात्मक वाक्यलाई नकारात्मक, इच्छार्थक, सम्भावनार्थक आदिमा बदल्ने काम गर्छ।
    जस्तै:
    राम असल छ। = राम असल छैन। (नकारात्मक)
    राम खेल खेल्छ। = राम खेल खेलोस्। (इच्छार्थक)
    विवेक घर जान्छ। = विवेक घर जाला। (सम्भावनार्थक)
Things to remember
  • कर्ताले गर्ने कार्यव्यापारका अतिरिक्त वाक्यमा कुनै काम, घटना, अवस्था आदि बुझाउने र वाक्य टुङ्ग्याउन सक्ने शब्द/ पदलाई क्रियापद भनिन्छ।
  • क्रियापदले कुनै पनि वाक्यलाई पुरा गर्ने काम गर्दछ।
  • क्रियापदले सकारात्मक वाक्यलाई नकारात्मक, इच्छार्थक, सम्भावनार्थक आदिमा बदल्ने काम गर्छ।
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.