Subject: Nepali
नामको गुण, दोष, विशेषता आदि जाहेर गर्ने शब्दलाई विशेषण भनिन्छ। यस नोटमा विशेषण र त्यसको प्रकारका बारेमा उल्लेख गरिएको छ।
नामको गुण, दोष, विशेषता आदि जाहेर गर्ने शब्दलाई विशेषण भनिन्छ। नामसँग गरिने कुन, कस्तो, कति, कत्रो, कस्को प्रश्नको उत्तरमा विशेषण आउछ। विशेषण नामको अघि र पछि दुवैतिर आउछ तर पछि आउँदा यसले पूरकको काम गर्दछ। विशेषणलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ।
गुणवाचक विशेषण
नामको गुण वा विशेषता बताउने शब्दलाई गुणवाचक विशेषण भनिन्छ। नाम शब्दको गुण, दोष, रङ्ग, आकार आदि बुझाउने वा कुन, कस्तो, कत्रो आदि प्रश्नको उत्तरमा आउने शब्दलाई गुणवाचक विशेषण भनिन्छ।
उदाहरण: निलो, रातो, सानो, खराब, प्राचीन, भविष्य, वर्तमान आदि।
सङ्ख्यावाचक विशेषण
नामको सङ्ख्या, क्रम, आकृति आदि बुझाउने र कति भनि प्रश्न गर्दा उत्तरमा आउने शब्दलाई सङ्ख्यावाचक विशेषण भनिन्छ। सङ्ख्यावाचक विशेषण निश्चीत र अनिश्चीत गरि दुई प्रकारको हुन्छ।
उदाहरण: एक, तिन, सात, तेस्रो, हजारौँ, सयौँ आदि।
परिमाणवाचक विशेषण
नामको यति, उति भन्ने मात्रा वा परिमाण बुझाउने शब्दलाई परिमाणवाचक विशेषण भनिन्छ।
उदाहरण: मनग्य, धेरै, थोरै, अलिकति आदि।
सार्वनामिक विशेषण
नामको ठिक अगाडी आएर नामको विशेषता जनाउने वा विशेषणको काम गर्ने सर्वनाम शब्दलाई सार्वनामिक विशेषण भनिन्छ। सार्वनामिक विशेषण मुलत: नाम भन्दा अगाडी आएर प्रयोग हुन्छन्।
उदाहरण: त्यो केटो, यो, घर, यो कलम आदि।
© 2019-20 Kullabs. All Rights Reserved.