उपसर्ग

Subject: Nepali

Find Your Query

Overview

शब्दका अगाडी जोडिने व्युत्पादक भाषिक एकाइलाई उपसर्ग भनिन्छ| एउटै शब्दलाई दोहोर्याएर नयाँ शब्द बनाउने पढ़दतिलाई द्वित्व भनिन्छ| यस नोटमा उपसर्ग र द्वित्वको बारेमा व्याख्या गरिएको छ|

उपसर्ग

उपसर्ग

शब्दका अगाडी जोडिने व्युत्पादक भाषिक एकाइलाई उपसर्ग भनिन्छ| उपसर्गको आफ्नै स्वतन्त्र अर्थ नभए तापनि यो आधारपदमा जोडिएपछि यसले केही अर्थमा परिवर्तन ल्याउँछ, केही विशेषता घट्छ र केही पूर्व अर्थलाई नै राख्दछ|
उदाहरण: उप+हार= उपहार, आ+देश= आदेश, प्रति+एक= प्रत्येक

 

उपसर्गद्वारा शब्द निर्माण गर्नुहोस्:

अ= अ+हित = आहित

अप= अप+ मान = अपमान

अन्= अन्+ आदि = अनादि

उप= उप + देश = उपदेश

कु= कु+ पथ = कुपथ

नि = नि+ डर = निडर

बि= बि+ जोर = बिजोर

उत्= उत् + थान  उत्थान

बे= बे+ कार = बेकार

नि: = नि: + रस = नीरस

बद= बद + नाम = बदनाम

निस् = निस्+ सार = निस्सार

गैर= गैर+ नाता = गैरनाता

परा = परा + जय = पराजय

ना= ना + दान = नादान

निर्= निर्+ मोह = निर्मोह

आ= आ + कार = आकार

वि= वि+ कास = विकास

अन= अन+ पढ = अनपढ

दुर्= दुर्+ दशा = दुर्दशा

अधि= अधि + कार = अधिकार

परि= परि + वार = परिवार

अनु= अनु + वाद = अनुवाद

प्र= प्र + कार = प्रकार

अभि= अभि + ताप = अभिताप

बि= बि+ जोर = बिजोर

अति= अति + शय = अतिशय

सम्= सम्+ मान = सम्मान

अव= अव + धान = अवाधान

सु= सु+ कार्य = सुकार्य

 

द्वित्व

एउटै शब्दलाई दोहोर्याएर नयाँ शब्द बनाउने पढ़दतिलाई द्वित्व भनिन्छ| द्वित्व शब्दको निर्माण गर्दा कतै पूरै शब्द दोहोरिने, कतै अंश र कतै शब्दको ध्वनि परिवर्तन हुने गर्दछ|
उदाहरण: सानो+सानो= स-सानो, काट+काट= काटकुट

 

द्वित्वलाई निम्न तिन भागमा वर्गीकरण गरिएको छ|

१. पूर्ण द्वित्व

२. आंशिक द्वित्व

३. अपरिवर्तित द्वित्व

 

पूर्ण द्वित्व
जस्ताको तस्तै दोहोरिने कतै केही अंश पनि परिवर्तन नहुने प्रकियालाई पूर्ण द्वित्व भनिन्छ|
उदाहरण: घरघर, वनवन, मनमन आदि|

आंशिक द्वित्व
कुनै अंशमात्र दोहोरिएर नयाँ शब्द बन्ने प्रक्रियालाई आंशिक द्वित्व भनिन्छ|
उदाहरण: जजसको, आआफ्नो, ससानो आदि|

अपरिवर्तित द्वित्व
शब्दको पुनरावृति हुँदा ध्वनि वा अक्षर परिवर्तन भइ शब्दको हेरफेर भएर द्वित्व हुने प्रक्रियालाई अपरिवर्तित द्वित्व भनिन्छ|
उदाहरण: फटाफट, भनाभन, कुटाकुट आदि|

Things to remember
  • शब्दका अगाडी जोडिने व्युत्पादक भाषिक एकाइलाई उपसर्ग भनिन्छ| 
  • एउटै शब्दलाई दोहोर्याएर नयाँ शब्द बनाउने पढ़दतिलाई द्वित्व भनिन्छ| 
  • द्वित्व शब्दको निर्माण गर्दा कतै पूरै शब्द दोहोरिने, कतै अंश र कतै शब्दको ध्वनि परिवर्तन हुने गर्दछ|
  • जस्ताको तस्तै दोहोरिने कतै केही अंश पनि परिवर्तन नहुने प्रकियालाई पूर्ण द्वित्व भनिन्छ|
  • कुनै अंशमात्र दोहोरिएर नयाँ शब्द बन्ने प्रक्रियालाई आंशिक द्वित्व भनिन्छ|
  • शब्दको पुनरावृति हुँदा ध्वनि वा अक्षर परिवर्तन भइ शब्दको हेरफेर भएर द्वित्व हुने प्रक्रियालाई अपरिवर्तित द्वित्व भनिन्छ|
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.