Subject: Nepali
कम्तीमा एउटा उदेश्य र एउटा विधेय भएको भाषाको अर्थपूर्ण एकाइ नै वाक्य हो। यस नोटमा उदेश्य र विधेयको बारेमा लेखिएको छ|
वाक्य व्याकरणका दृष्टिले भाषाको सबैभन्दा ठुलो र अर्थपूर्ण एकाई हो। संरचनाका दृष्टिले वाक्य उपवाक्यभन्दा ठुलो र अनुछेदभन्दा सानो भाषिक एकाई हो। पूर्ण वाक्य बन्नाका लागी कर्ता, कर्म, पुरक, क्रिया, विशेषण, क्रिया जस्ता वाक्यात्मक कार्य गर्ने तत्वहरुको आवश्यकता पर्छ। यस्ता तत्वहरुमध्ये उदेश्य र विधेय वाक्यमा नभई नहुने अनिवार्य तत्व मानिन्छन् भने अन्य तत्व वैकल्पिक तत्व मानिन्छन्। त्यसैले आधारभूत रुपमा भन्दा कम्तीमा एउटा उदेश्य र एउटा विधेय भएको भाषाको अर्थपूर्ण एकाइ नै वाक्य हो।
उदाहरण: हरि घर गयो।
एउटा वाक्य पूरा हुनको लागी कम्तीमा एउटा उदेश्य व विधेय हुनुपर्छ। उदेश्यलाई कर्ता र विधेयलाई क्रियापद पनि भनिन्छ। जसको विषयमा जे कुरा भनिन्छ; त्यसलाई उदेश्य भनिन्छ र यो विधेय भन्दा अगाडी आउँछ। उदेश्यको विषयमा जे कुरा भनिन्छ; त्यसलाई विधेय भनिन्छ र यो वाक्यको अन्त्यमा आउँछ। वाक्यमा विधेयका रुपमा एउटा समापिका क्रिया अनिवार्य रुपमा रहेको हुनुपर्छ।
उदाहरण: दिदी आउनु भयो। (दिदी = उदेश्य, आउनुभयो = विधेय)
उदेश्य विस्तार
उदेश्यसँग सम्बन्ध गास्न आउने पदहरुको वृद्धिलाई उदेश्य विस्तार र ती पदलाई उदेश्य विस्तारक भनिन्छ। उदेश्य विस्तारक वाक्यमा उदेश्यभन्दा पहिला आउँछन्।
उदाहरण: मेरो ज्ञानी छोराले परिश्रम गरेर पढेको छ।
उदेश्य विस्तार |
उदेश्य |
मेरो ज्ञानी |
छोराले |
विधेय विस्तार
विधेयसँग सम्बन्ध हुन आउने पदहरुको वृद्धिलाई विधेय विस्तार र ती पदलाई विधेय विस्तारक भनिन्छ। विधेय विस्तारक वाक्यमा उदेश्यभन्दा पछि र विधेय भन्दा अघि आउँछन्।
उदाहरण: मेरो ज्ञानी छोराले परिश्रम गरेर पढेको छ।
विधेय विस्तार |
विधेय |
परिश्रम गरेर |
पढेको छ |
© 2019-20 Kullabs. All Rights Reserved.