Subject: Nepali
दुईओटा शब्द वा दुई भाषिक तत्वलाई मिलाएर एउटा शब्द बनाउने क्रममा शब्दको रुप र ध्वनिमा हुने परिवर्तनको प्रक्रियालाई भनिन्छ। यस नोटमा सन्धी र त्यसको प्रकारको बारेमा उल्लेक गरिएको छ|
दुईओटा शब्द वा दुई भाषिक तत्वलाई मिलाएर एउटा शब्द बनाउने क्रममा शब्दको रुप र ध्वनिमा हुने परिवर्तनको प्रक्रियालाई भनिन्छ। दुई स्वर वर्ण वा व्यञ्जन बन्ने भएकोमा सन्धी ध्वनी विकार पनि हुन्छ।
सन्धिलाई निम्न भागमा विभाजन गर्न सकिन्छ।
स्वर र स्वर वर्णका विचमा हुने रुप ध्वन्यात्मक परिवर्तनको प्रक्रियालाई स्वर सन्धी भनिन्छ। स्वर सन्धिलाई निम्न पाँच भागमा विभाजन गरिएको छ।
दीर्घ सन्धी
अ र आ मिली आ/ इ र ई मिली ई/ र उ र ऊ मिली ऊ हुने सन्धिलाई दीर्घ सन्धी भनिन्छ।
उदाहरण: रवि+ इन्द्र = रवीन्द्र, भानु + उदित = भानूदित
गुण सन्धी
अ/ आ + इ/ ई, ए, अ/आ+ उ/ ऊ, ओ र अ/ आ + ऋ, अर् हुने सन्धी गुण सन्धी हो।
उदाहरण: महा + इन्द्र = महेन्द्र, महा + उत्सव = महोत्सव
वृद्वी सन्धी
अ/ आ+ ए/ ऎ, ऐ र अ/ आ+ ओ/ औ= औ हुने सन्धी वृद्वी सन्धी हो।
उदाहरण: सदा + एव = सदैव, मत + एकता = मतैकता
यण सन्धी
इ/ ई+ अ/ आ/ इ/ ए, य, उ/ ऊ + अ/ आ/ ए/ ऎ= व हुने सन्धीलाई यण सन्धी भनिन्छ।
उदाहरण: इति + आदि= इत्यादि, प्रति+ एक= प्रत्येक
अयादी सन्धी
ए/ ऐ + अ, अय/ आय, ओ/ औ+ अ, अव/ आव र ओ/ औ + इ/ उ= अब/ आय हुने सन्धीलाई अयादी सन्धी भनिन्छ।
उदाहरण: सु+ आगत = स्वागत, अनु+ अय= अन्वय
व्यञ्जन र व्यञ्जन तथा व्यञ्जन र स्वरका विच मेल भइ व्यञ्जन ध्वनी परिवर्तन हुने सन्धिलाई व्यञ्जन सन्धी भनिन्छ।
उदाहरण: अनु+ छेद= अनुछेद, उत्+ नति= उन्नति
विसर्ग र स्वर तथा व्यञ्जन मिलेर विसर्ग ध्वनिमा परिवर्तन हुने सन्धिलाई विसर्ग सन्धी भनिन्छ।
उदाहरण: नि: + काम= निष्काम , मन:+ रथ= मनोरथ
© 2019-20 Kullabs. All Rights Reserved.