Subject: Nepali
नाम
कुनै ब्यक्ति, वस्तु, ठाउँ, पदार्थ आदि बुझाउने शब्दलाई नाम भनिन्छ | अर्थात नाम भन्नाले कुनै पनि व्यक्ति, स्थान वा प्राणी एव मूर्त वाअमूर्त बस्तुलाई जनाउने तथा वाक्यमा कर्ता, कर्म वा पूरक भइ आउने नामिक पदलाई बुझाउछ |जस्तै
हरि ,कोशी ,माया ,हुल ,पुस्तक
१ ,ब्यक्तिवाचक नाम- कुनै व्यक्ति, स्थान, वस्तु वा अवधारणा बिषेसलाई बजाउने शब्दलाई ब्यक्तिवाचक नाम भनिन्छ |
जस्तै_ सीता, रिता, हरी, राम
२ ,जातिवाचक नाम- कुनै प्राणी वा वस्तु आदिको जात बुझाउने नामलाई जातिवाचक नाम भनिन्छ|अर्थात कुनै पनि समान धर्म वा गुण जनाउने नामिक पदलाई जातिवाचक नाम भनिन्छ | यो सजीव र निर्जीव गरि दुई किसिमको हुन्छ |
जस्तै- मानिस, पशु, नदि, देश
३.द्रव्यवाचक नाम- नापतौल गरिने तथा गन्न नसकिने पदार्थको नाम बुझाउने पदलाई द्रव्यवाचक नाम नाम भनिन्छ |
जस्तै- सुन, चादी, पानी, चामल
४.समुहवाचक नाम- कुनै प्राणी अथाव वस्तु आदिको समुहको नाम बुझाउने शब्दलाई समुहवाचक नाम भनिन्छ | अर्थात् कुनै पनि निश्चित समूह भएको मानिस, पशुपन्क्षि, वस्तुलाई जनाउदछ |
जस्तै- समूह, हल, टोली, वर्ग, परिवार
५. भाववाचक नाम- कुनै पनि वस्तु देख्नन वा छुन नसकिने तर अनुभूति तथा बस्तुको गुण, कार्य वा अवस्था बुझाउने पदलाई भाववाचक नाम भनिन्छ | अर्थात कुनै व्यक्ति, वस्तु, जाति, समूह, पदार्थ आदिको गुण, काम, अवस्था आदि बुझाउने शब्दलाई भाववाचक नाम भनिन्छ |
जस्तै- माया, दया, सुख, दु:ख,
एक वा एक भन्दा बढी शब्दको बोध गराउने शब्दलाई वचन भनिन्छ |
वचन दुई प्रकार हुन्छन्
एकवचन- एउटा मात्र ब्यक्ति बस्तु तथा पदार्थलाई बुझउने प्रयोग गरिने पदलाई बहुवचन भनिन्छ |
उदाहरण- म, ऊ त्यो
बहुवचन- एक भन्दा बढी ब्यक्ति तथा पदार्थलाई बुझाउने प्रयोग गरिने पदलाई बहुवचन भनिन्छ |
उदाहरण- तिमि, तिमीहरु, तिनी, तिनीहरु
अभ्यास
१ ,ब्यक्तिवाचक, जातिवाचक, समुहवाचक,द्रव्यवाचक र भाववाचक नामको पाच पाच ओटा उदाहरणा लेखी बाक्यमा प्रयोग गर
क) ब्यक्तिवाचक नाम- रिता, रमेश, काठमाडौं, बाग्मति, महाभारत
रिता- रिता दिनै विधालय जान्छे |
रमेश- रमेशको घरमा कुकुर पालेको छ |
काठमाडौं नेपालको राजधानी काठमाडौं हो |
बाग्मती- पशुपतिनाथ मन्दिरको किनारमा बाग्मती नदी बगेको छ |
महाभारत- महाभारत हिन्दु धर्म अन्तर्गत पर्दछ |
ख) जातिवाचक नाम- नदी, पुस्तक, पर्व, हिमाल,मानिस
नदी- नेपाल तिन ओटा ठुला नदीहरु छन |
पुस्तक- मुनामदन पुस्तकका लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन |
पर्व- नेपालीहरुको महान पर्व दसैँ हो |
हिमाल- विश्वको सबैभन्दा ठुलो हिमाल सगरमाथा नेपालमा पर्छ |
मानिस- मानिस एउटा चेतनशिल प्राणी हो |
ग)समुहवाचक नाम-, बथान, जन्ती, सेना, बगाल
बथान- लेखकमा भेडा बथान धेरै पाइन्छन |
जन्ती- बिहेमा जन्ती धेरै आउछन |
सेना- सेनाले जनताको रक्क्षा गर्ने काम गर्दछन |
बगाल- जंगलमा बादर बगाल सग मिलेर बस्दछन् |
घ) द्रव्यवाचक नाम- सुन, दुध, पानी, हावा, चामल
सुन- महिलाहरुले सुनको प्रयोग बडी गर्दछन् |
दुध- गाईले दुध दिन्छ |
पानी- पानी मानब जिबनको अमुल्य चिज हो |
हावा- आज हावा धेरै नै चल्यो |
चामल- धानबाट चामल निकालिन्छ |
ङ)भाववाचक नाम- दया, माया, गरिब, विश्वास, सुख
दया- मलाई गरिब मानिसको कस्तो दया लाग्छ |
माया- संसारमा सबैभन्दा बडी मायाआमा र बुबाको हुन्छ |
गरिब- गरिब मानिस सदै दुखी हुन्छ |
विश्वास-हामीले सबैको विश्वास गर्नु हुन् |
सुख- मानिस सुख साथ बस्न चाहन्छ |
तिम्रो कक्षा कोठामा भएको दश ओटा बस्तुको नाम लेख
उतर
कापी, कलम, पुस्तक, सेतोपाटि, डस्टर, डेक्स, बेन्च, झाल, वाल, बिजुलीबती
उदाहरणा हेरी एक वचनलाई बहुवचन र बहुवचनलाई एक वचनमा परिवर्तन गरि लेख
म नेपाली हूँ |
उतर -हामी नेपाली हौ |
ऊ नेपाली बोल्छ |
उतर -उनीहरु नेपाली बोल्छन |
रुख पर्वतमा छ |
उतर -रुखहरु पर्वतमा छन |
म देशलाई माया गर्छु |
उतर -हामी देशलाई माया गर्छौ |
ज्यामी काम गर्छ |
उतर -ज्यामीहरु काम गर्छन |
म पसिना बगाउछु |
उतर -हामी पसिना बगाउछौ |
मिल्ने शब्द छानेर खाली ठाउँ भर ;
( प्यारो, सहारा, पसिना, फासी )
हाम्रो देश हामीलाई प्यारो लाग्छ |
ज्यामी, सिपाही र किसानहरु यस देशका सहारा हुन |
नेपालको निर्माणमा पुर्खाहरुको पसिना बगेको छ |
यो देश बचाउन पुर्खाहरु फासी चढनसमेत तयार थिए|
तलका प्रश्नको उत्तर एक वाक्यमा लेख :
पसिनाको धारा कहाँ बहन्छन् ?
उतर-पसिनाको धारा देशको सिर्जनामा बगाउछन् |
हाम्रा पर्वतहरु के जस्ता छन् ?
उतर- पर्वतहरु खुल्ला पनापना जस्ता छन् |
हाम्रा बलिया सहाराहरु को को हुन् ?
उतर- हाम्रा बलिया सहारा ज्यामी, सिपाही र किसानहरु हुन् |
पुर्खाले यो मुलुकमा जागरण ल्याउन के गरे ?
उतर- पुर्खाले यो मुलुकमा जागरण ल्याउन पसिना र रगत बगेका छन् |
नेपाल” कविताको मुख्य भाव लेख |
उतर- नेपालकविताका लेखक सिद्धीचरण श्रेष्ट हुन | यस कवितामा देशप्रेम, प्र्कूतिप्रेम र स्वतन्त्राप्रेमलाई प्रस्तुत गरिएको छ | यी विविध भावको सुन्दर संयोजनबाट यस कवितामा देश भक्तिभावको भाव नै मुख्य रुपमा प्रस्तुत गरिएको छ |कविले नेपाललाई सुन्दर र पवीत्र देशको रुपमा उल्लेक गर्दै यस देशलाई सुन्दर पार्ने अनेक किसिमबाट बर्णन गरेका छन् | प्राकूतिक सुन्दरताका धाराहरु लहलह रुपमा बगेको देक्न सकिन्छ साथै देशलाई सुन्दर बनाउने पर्वतमालाहरु टहटह टल्किने सुन्दर हिमालहरुले अझ सुन्दरबनाएको छ | बनजंगल, खोलानाला र चिरबिर चराको आवाजबाट निस्किने ध्वनिमा नेपालीहरुको पुरानो संस्कृतिको अभिब्यक्ति भएको पाइन्छ |यस्तो सुन्दर र महान देशको स्वतन्त्रता र रक्षाका लागि हाम्रा पुर्खा हरुले पटक पटक शत्रुहरुसग जित हासिल गरेर बहादुरी देखाएका छन् | उनिहरुले आफ्नो इज्जत र मान थप्दै अघि बढेका छन् | पुर्खाले दिएको बाटोमा आज हामी पनि अघिबढेका छौ र ज्यामी, सिपाही र किसान सबै देशको सिर्जनामा हाम्रा पुर्खाले रगत र पसिनाबगाएका छन् | उनीहरुले देखाएको बिरता हाम्रो नसा नसामा छ | हामी उनिहरुले देखाएको बाटो हिडिरहेका छौ | र देश स्वर्ग चुम्ने दिशामा अग्रसर भएको छ | हाम्रा पुर्खाहरुले बिपतिमा पनि कति नडराई काम गरेका थिए | हसिहासी फासीमा चड्न समेत तयार भाएका थिए | उनीहरुलेनै हाम्रो देशलाई बचाएका थिए | उनीहरुकै संघर्ष र बलिदानबाट यस मुलुकलाई जोगाउने काम गरेका थिए |कविले यस कवितामा हाम्रो देशको प्राकृतिक सौन्दर्यपुर्खाहरुको साहस र बलिदानको गाथा प्रस्तुत गरेर देशभक्ति भावलाई नै मुख्य रुपमा उलेख गरेका छन् |
तलको प्रश्नको उतर लेख |
कवितामा कविले नेपालको प्राकृतिक सुन्दरताको बर्णन कसरी गरेका छन् |
कवि सिद्धिचरण श्रेष्ट प्रकुति प्रेमि हुन् | उनि आफ्ना कवितामा पनि प्रकृतिको सुन्दरताको बयान गरेका छन् | उनले नेपाल कवितामापनि सुन्दर प्रकृतिको बारेमा प्रस्तुत गरेका छन् | कबिको बिचारमा नेपाल एउट पबित्र मुलुक हो| यस मुलुकलाई अनेकौ पर्वतमालाले झनै सुन्दर बनाएको छ | यस देशलाई वृक्ष, लहरा, छागाले झनै सुशोभित तुल्याएको छ | साथै कलकल बग्ने खोला नदीनाला र चराको आवाजले नेपालको सुन्दरता बल पुर्याउने काम गरेको छ | यसरी कविले कवितामा भावनात्मक र कलात्मक रुपमा प्रकृतिकक सुन्दरता व्याख्या गरेका छन् |
कवितामा हाम्रा पुर्खाहरुले देशको निम्ति दिएको योगदानलाई कसरी वणन गरिएको छ, लेख |
सिद्धिचरन श्रेस्ठद़ारा लिखित “नेपाल’ देशभक्तिको भावनाले ओतपोता भएको कविता हो | यस कवितामा हाम्रा दुर्ददशि र वीर पुर्खाहरुले देशको निम्ति ठुलो योगदान दिएको कुरालाई पर्स्तुत गरेका छन| कविको बिचारमा नेपाली वीर सपुतहरुको इतिहासका अनेकै कालमा साहस देखाएर देशको रक्षा गरेका छन् | यस देशको इज्जत र मानलाई उच्च पार्न ज्यामी, किसान र सिपाहीले पुर्यएको योगदान अतुलानिया छ | नेपाल र नेपालीको मान मर्यादा कायम गर्न र देशलाई विकासको बाटोमा लम्काउन हाम्रा पुर्खाहरुले धेरैनै रगत र पसिना बगाएका थिए | पुर्खाले पुर्याएको योगदान नेपालीहरुको नसानसामा भेट्न सकिन्छ | त्यसैले फलस्वरूप नेपाल आज स्वतन्त्र मुलुकका रुपमा अघिबढेको छ |
व्याख्या गर :
ज्यामी, सिपाही र किसानसारा
छन् आज हाम्रा बलिया सहारा |
उतर- कुनै पनि मुलुकको अल्छी, उद्योग नगर्ने र साहस नदेखउने मानिसहरु बाट हुदैन | मुलुकको निर्माण त जागारीला, साहासी,अटिलाअनि इमान्दार मानिसहरुबाट मात्र सम्भव हुन्छ |नेपालको निर्माण र नेपालीहरुकोअस्तित्व रक्षा गर्ने यस्तै मानिसहरुको उक्त पंक्तिमा बयान गरिएको छ | नेपालको अनेकै कारखानाहरुमा आफ्ना बलिया पाखुरिका भरमा बच्ने ज्यमिहरुको देशानिर्मणमा ठुलो योगदान रहेकोछ | यस्तै देशको सुरक्षामा खट्ने सिपाही तथा अन्नबाली उब्जाएर देशको सेवा गर्ने किसानको योगदान पनि कम प्रशंसा गर्न लायक छैन | नेपाल र नेपालीहरुको आत्मसमान र आत्मरक्षाका खम्बा बनेका ज्यामी, सिपाही तथा किसान सम्पूर्ण नेपालीहरुको सहारा बनेका छन् | यिनले पुर्याएको योगदानकै कारण नेपालीहरु आज विश्वसामु सिर उच्च बनाएर बाच्न पाएका छ कविले उपुक्त पंतिमा देशानिर्माण विशिस्ट योगदान पुर्याउने इमान्दारी देशभक्ति ब्यक्तिहरुको योगदानलाई ठुलो प्रसंशा गरेका छन् |
शब्द भण्डार
उल्टो अर्थआउने शब्द संग जोडा मिलाऊ :
जस्तै : नयाँ = पुरानो
इज्जत = बेइज्जत
खुल्ला = बन्द
स्वर्ग = नर्क
चड्न = ओर्लन
पवित्र = अपवित्र
शान्ति = अशान्ति
तलको शब्दको उस्तै अर्थ दिने शब्द लेख
देश : मुलुक
बिशाल : गहन
पर्वत : पहाड
वूक्ष : वनस्पति
ध्वनि : आवाज
किसान : कृषक
जित : विजय
रक्त : रगत
विपत्ती : संकट
संघर्ष :आन्दोलन
१०. तलको शब्दको अर्थ खुल्ने गरि बाक्यमाप्रयोग गर :
प्यारो = मलाई मेरो देश प्यारो लाग्छ |
मन्त्र = देशलाई कसरी माया गर्नु पर्छ हाम्रा पुर्खाहरुले मन्त्र सिकाएका छन् |
मान = हामी कसैले पनि अर्काको मान हानी हुनेकाम गर्नु हुदैन |
सङ्गीत = सङ्गीतले सबैलाई आकर्षित बनाउछ |
पुर्खा =हाम्रा पुर्खाहरु देशभक्ति र साहसी थिए |
सिद्धीचरनको जन्म वि. स. (१९६८/३/९)मा पूर्वी नेपालको सगरमाथा अन्चल अन्तर्गत ओखलढुंगा जिल्लामा भाएको हो | उनको बुबाको नाम विस्नुचरन र आमा नीरकुमारीका एक मात्र सन्तान हुन् | उनले पन्ध वर्षको उमेर देखीनै साहित्य कविता लेखेका थिए | उनले नेपाली साहित्यमा थुप्रै कविताहरु प्रकाशन गरेकाछन् |मेरो प्यारो ओखलढुंगा, निर्झर, साझमा हिमालयको दृश्य, प्रताकालिन किरण, जुनकिरी, वर्षा आयो, वसन्त जस्ता कविता शारदामै प्रकाशित भइसकेका छन् | उनलाई नेपालीहरुले युगकबि को रुपमा चिन्दछन | नेपाल कवितामा उनले नेपालको सुन्दरताको वर्णन गरेका छन् | नेपाल यस्तो देश हो जहाँ सुन्दर, हरियाली जंगलका साथै टलटल अग्ला हिमालहरुको दृश्य प्रकृतिको वर्णन गरेका छन् | खोलानाला र चराहरुको आवाजले झनै सुनमासुगन्ध दिएको कुरालाई उल्लेख गरेका छन् | नेपालीहरुको परम्परागत मूल्य, मान्यता र सस्कृतिले नेपालीलाई चिनाएको पाइन्छ |नेपाल कवितामा नेपलीहरुको साहसी काम पुर्खाहरुले सिकाएको देखाएको बाटोलाई निरन्तरता दिदै अगाडी बढेको छन् | देशको लागि र देशको रक्षा गर्नलाई रगत बगाउन पनि पछि पर्दैन भन्दै नेपाल र नेपालीको गौरब, साहसको बारेमा यस कवितामा उल्लेख गरेको पाइन्छ |
© 2019-20 Kullabs. All Rights Reserved.