Subject: Nepali
क) के गरेमा वातावरणको संरक्षण हुन्छ ?
उत्तर – प्राकृतिक सम्पदालाई जोगाई राखेमा वातावरणको संरक्षण हुन्छ |
ख) मानिस कस्तो अबस्थामा सङ्कटको भुमरीमा फस्छ ?
उत्तर – मानवीय क्रियाकलाप वातावरण प्रतिकूल भए मानिस सङ्कटमा फस्छ |
ग) मानिसले कुन रुपमा कल्पनालाई साकार पार्छ ?
उत्तर - मानिसले विकास, उन्नति, आविष्कारक,रचना र श्रजनाका रुपमा कल्पनालाई साकार पार्छ |
घ) किन प्राकृतिक स्रोतमा विकृति आउछ |
उत्तर – मानिसका अविवेक क्रियाकलापले प्राकुतिक स्रोतमा विकृति आउछ |
ङ) वातावारण शब्दले मूल रुपमा केलाई जनाउछ ?
उत्तर – वातावारण शब्दले मूल रुपमा पृथ्वी वरिपरिको हावालाई जनाउछ |
च) कुन – कुन कुरालाई सन्तुलित ढङ्गले उपयोग गर्नुपर्छ |
उत्तर – बाटोघाटो, पुलपुलेसा, भवन निर्माण गर्दा वातावरणलाई सन्तुलित ढंगले उपयोग गर्नु पर्छ |
छ ) मानवीय क्रियाकलाप के मा केन्द्रित हुनुपर्छ ?
उत्तर – मानवीय क्रियाकलाप वातावरणको रक्षामा केन्द्रित हुनुपर्छ |
ज ) मानिसले वातावरणको रक्षा कसरी गर्नुपर्छ ?
उत्तर – मानिसले प्रकृतिलाईअनुकुल बनाई वातावारणको रक्षा गर्नु पर्छ |
झ) वातावरण विनाश भए के हुन्छ ?
उत्तर – वातावरण विनाश भए मानिसको अस्तित्व सङ्कटमा पर्छ |
क) प्राणी र वनस्पतिको जीवन........ मा निर्भर रहन्छ |
उत्तर - प्राणी र वनस्पतिको जीवन वातावरणमा निर्भर रहन्छ |
ख) सहअस्तित्व......... भावले विश्वको मुहार हसाउन सक्छ |
उत्तर –सहअस्तित्व र भात्रिव्त भावले विश्वको मुहार हसाउन सक्छ |
ग) जमिन प्रदूषित भए.........घट्छ |
उत्तर - जमिन प्रदूषित भए उब्जनी घट्छ |
घ) प्राकृतिक सम्पदालाई जोगाई राखेमा ........ संरक्षण हुन्छ |
उत्तर - प्राकृतिक सम्पदालाई जोगाई राखेमा वातावरण संरक्षण हुन्छ |
ङ) रुख विरुवाको ...... गर्नुपर्छ |
उत्तर- रुख विरुवाको संचय गर्नुपर्छ |
क) मानिसका कस्ता क्रियाकलापले गर्दा वातावरण प्रतिकुल हुन्छ ?
उत्तर – मानिसले आफ्ना सुख सुविधाका लागि गर्ने क्रियाकलाप गर्दा वातावारण प्रतिकूल बन्ने गर्छ | मानिसले प्राकृतिक स्रोतको उपयोग गर्दा विवेक पुर्याउनुपर्छ |प्राकृतिक स्रोतमा विवेक नपुर्याउदा यसबाट प्रतिकूल स्थितिको शृजना हुने अवस्था आउछ | मानिसले आफ्नो स्वार्थका लागि स्रोत र साधनको बढी भन्दा बढी उपयोग गर्छन त्यसको परिणाम स्वरूप वातावारणमा दिनानु दिन असर पुर्याउदछ | वन जंगलको फडानी, खेति योग्य भूमिमा बस्ती बसाल्नले प्रकुतीको विनास भएर जान्छ | बाढी, पहिरो भुक्षय अतिवृष्टिअनावृष्टिजस्ता समस्या मानिसले झेल्नु पर्दछ | यसको असरले मौसम परिवर्तन हुन्छ | हिमालहरु पग्लने, पानीका मुहाहरु सुक्ने जस्ता समस्याहरु देखा पर्छन् | त्यसैले मानिसका क्रियाकलापले गर्दा वातावरणमा प्रतिकुल असर पार्छ |
ख) वातावारण प्रतिकूल हुदै जादा अहिले के के सङ्कटहरु देखाएका छन् ?
उत्तर – वातावारण सङ्कट हुदै जादा अहिले धेरै सङ्कटहरु देखिन थालेका छन् | सुक्खा, खडेरी,हिम पहिरो मौसम परिवर्तन जस्ता सङ्कटहरु देखापरेका छन् | विभिन्न उधोगधन्दा, कलकारखाना, आणविक भट्टीबाट निस्केका विषादीहरु सिधै वातावारणमा पार्ने हुदा यसको असर वातावारण र मानिसलाई नै बढी परेको छ| यस्ता विषादीको कारण रुखबोट विरुवा, साथै प्राणी जगतको अस्तित्व नै सङ्कटमा पुगेको छ | अम्ल वर्षा, खडेरीको कारणले जीव र वनस्पतिको लोप हुने स्थितिमा पुगेको छ | साथै पृथ्वीको तापक्रम बढ्ने जस्ता सङ्कटहरु देखापरेका छन् |
ग) हामीले सन्तुलित वातावारणको निर्माण गर्न के के गर्नु पर्छ ?
उत्तर – हामीले वातावारणको निर्माण गर्नलाई धेरै कुरामा ध्यान दिनु पर्छ | प्राकृतिक सम्पदाको सहि सदुपयोग गर्नु पर्छ | वातावारणबाट आउने फाइदालाई सहि तरिका बाट लिने साथै संरक्षण पनि गर्नु पर्छ | स्रोत र साधनलाई दिगो रुपमा प्रयोग गर्नु पर्छ | भोलिका सन्तानले पनि यसको उपयोग गरुन् र संरक्षण गर्न सिकुन | हामीलाई बाच्न सहारा दिने स्रोतको कुरूप बनाउनु हुदैन | यनीहरुको उचित संरक्षण र सम्बर्द्धन गर्नु पर्छ |
क) वैज्ञानिक चमत्कार र मानवीय उन्नतिभित्र प्रकुती विनाश समेटिनु हुदैन |
उत्तर – समयको माग अनुसार विकास र निर्माणका कामहरु निरन्तर रुपमा अघि बढाउनु पर्छ | निरन्तर अघि बढाउनु मानिसको चाहना हो | मानिस कहिले स्थिर भएर बाच्न सक्दैन | यसैको परिमाण उसले अनेकै प्रगतिहरु गर्दै आएको छ | प्रगति गर्न चाहने स्वभावकै कारण आज विश्व विकासको चरमचुली सफल भएको छ |मान्छेले विज्ञानकै सहायताले उन्नति र प्रगति पनि गरेका छ | मानिसले विज्ञानको उपयोग गर्दा र प्रगति पनि गरेको छ | मानिसले विज्ञानको उपयोग गर्दा र प्रगति गर्दा समेत त्यसभित्र प्रकृतीको विनाश समेटिनु मानिदैन | प्रकृतिक सन्तुलनमा मात्रै सम्पूर्ण जीवको अस्तित्व कायम हुने हुनाले मानिसले प्रगति गर्दै लैजादा प्रकृती प्रति को आफ्नो कार्य भुल्नु हुन् | मानिसले प्रकृतीको विनाश र असुन्तलनमा आफ्नो पनि विनाश हुन्छ भन्ने हेक्का राख्नु पर्दछ |
ख) प्रकृती, वातावारण र मानिसको बिचमा अन्योंन्याश्रित सम्बन्ध छ |
उत्तर – प्राकृतिक गुणहरु मानिस सम्पूर्ण जीवमा देख्न पाइन्छ | मानिस प्रकृतिकै उपज मानिन्छ | मानिसमा देखिने स्वभाव आदि प्रकृतिकै देन हुन् | पृथ्वीको वरिपरी रहेको हावालाई वातावारण भनिन्छ | यसरी प्रकृती,वातावारण र मानिसका विच एकदमै घनिष्ट सम्बन्ध रहेको हुन्छ | प्रकृति कै उपज हो मानिस | मानिसले आज आफुलाई आवश्यक पर्ने प्राकृतिक स्रोतहरुको उपयोग गर्दा वातावारणमा कति असर पुर्याइरहेको छ भन्ने कुरा ख्यालै गदैन | उसले वरिपरी रहेका प्राकृ तिक सम्पदाको जथाभावी प्रयोग गर्दा वातावरण नै असन्तुलन हुने पुगेको छ | भुक्षय, बाढी, पहिरो, खडेरी, सुक्खा, अम्ल वर्षा, अतिवृष्टि आदिको समस्या मानिसले नै भोग्नु परेको छ | मानिस अज्ञानी बन्दा आफुले वातावारणको विनाश गरेका छन ,जसको कारण हिमालका हिउँहरु पग्लनु, जीवहरु नष्ट हुनु, बन्यजन्तुको वासस्थान लोभ हुनु, उब्जनी कम हुन् साथै जलवायु परिवर्तन भएका छन् | प्राकृतिक र मानिसको सम्बन्ध एक अर्काको परिपुरक हुने हुदा वातावारणलाई जोगाई राक्नु हाम्रो कर्तब्य हो |यसरी हामी सचेत भएको खण्डमा प्रकृतीले आफ्नो सन्तुलित रुप देखाउने, वातावारण सन्तुलित हुने र मानिसको जीवन पनि सुरक्षित हुने स्पष्ट छ |
ग)मानिसको सोच,स्वास्थ्य र सन्तुष्टिका लागि वातावारण स्वच्छ हुनुपर्छ |
उत्तर – मानिसको उन्नति र प्रगतिको विकास हुनका लागि वातावारण स्वच्छ हुनु जरुरि छ | प्रतिकूल स्वास्थ्यले मानिसको उन्नति र प्रगतिमा असर पुग्दछ | स्वास्थ्य मानिसको अमुल्य सम्पति हो | स्वास्थ्य ठिक नभएमा उसको सोच पनि ठिक हुँदैन | दिमाग ठिक नभएमा त्यस्ता व्यक्तिबाट स्वास्थ्य शृजनाको कल्पना गर्न सकिन्न | त्यसैले समुचित सोचकोविकास र स्वास्थ्य तथा मानिसले प्राप्त गर्ने सन्तुष्टि एक अर्काका परिपुरक मानिन्छन् | सोच सही भएमा उसले राम्रा काम गर्छ र राम्रा कामबाट मानिसलाई सन्तुष्टि प्राप्त हुन्छ | मानिस सन्तुष्ट भएपछि उसको स्वास्थ्य पनि गडबड हुदैन | अत : मानिसलेस्वस्थ रहनका लागि सही सोच आत्मसात् गर्नुपर्छ र आफ्नो स्वास्थ्यलाई ठिक राख्दै सिर्जनात्मक काममा लाग्नुपर्छ |
क) प्राकृतिक स्रोतकोउपयोग गर्दा मानिसले बुद्धि पुर्याउनुपर्ने,
ख) मानिसका अविवेकी क्रियाकलापले वातावारण र जीवहरुको जीवन सङ्कटग्रस्त हुने,
ग) बालीनालीकोउत्पादनमा कमी र मौसम परिवर्तन
घ) वातावारण प्रतिकूल हुन अदिन मानिस स्वयमले गर्नुपर्ने |
मानिसको कतर्व्य
प्राकृतिक स्रोतहरुको उपयोग गर्दा मानिसले बुद्धि पुर्याएन भने जीवहरुको जीवन सङ्कटग्रस्त बन्छ | बालीनालीको उत्पादनमा कमी हुनुका साथै मौसम समेत परिवर्तन देखिने मानिसले वातावारण जोगाउन प्रयत्न गर्नु आवश्यक छ |
मिल्दो अर्थ छानेर जोडा मिलाऊ :
स्वच्छ, पुन्ज, सुर्य, हावा, जगत्, रास, दिवाकर, सफा, संसार, वायु, प्राकुतिक
स्वच्छ – सफा
पुन्ज – रास
सुर्य – दिवाकर
हावा – वायु
जगत् – संसार
विपरितार्थ शब्द छानेर जोडा मिलाऊ ;
जीवन, सन्तुलन, प्राकृतिक, अतिवृष्टि, प्रतिकूल, अप्राकृतिक, मरण, अतिवृष्टि, असन्तुलन, अखाद्य, अनुकूल
जीवन = मरण
सन्तुलन = असन्तुलन
प्राकुतिक = अप्राकृतिक
अतिवृष्टि= अनावृष्टि
प्रतिकूल = अनुकूल
तलका शब्दको अर्थ भन :
भुक्षय, संरक्षण, विवेक, अतिवृष्टि
उत्तर = भुक्षय – बाढी पहिरो आदि बाट जमिन भासिने, बग्ने वा नासिने काम
संरक्षण = सुरक्षा, हिफाजत
विवेक = असल र खराब छुट्याउन सक्ने क्षमता
अतिवृष्टि = अत्यधिक वर्षा, प्रशस्त
वि + कृति = विकृति भए जस्तै तल दिइएका शब्दमा ‘वि’ उपसर्ग लगाएर नंया शब्द बनाऊ :
ज्ञान, योग, चार, मति, कृति
उत्तर – वि + ज्ञान = विज्ञान
योग – वि + योग = वियोग
चार – वि + चार = विचार
मति – वि + मति = विमति
कृति – वि +कृति = विकृति
विवेक + शिल = विवेकशिल = भए जस्तै तलका शब्दमा ‘शिल’ जोडेर नंया शब्द बनाऊ :
कर्म, उद्यम, विचार, गति, कल्पना
उत्तर – कर्म + शिल = कर्मशील
उद्यम + शिल = उद्यमशील
विचार + शिल = विचारशिल
गति + शिल = गतिशील
कल्पना + शिल = कल्पनाशील
कु + रुप = ‘कुरूप’ भए जस्तै तलका शब्दमा ‘कु’ उपसर्ग लगाएर नंया शब्द बनाऊ :
कार्य, कर्म, विचार, दिन, दृष्टि
उत्तर – कार्य – कु + कार्य = कुकार्य
कर्म – कु + कर्म = कुकर्म
विचार – कु + विचार = कुविचार
दिन – कु + दिन = कुदीन
दृष्टि – कु + दृष्टि = कुदृष्टि
वातावारण + ईय = ‘वातावरणीय’ भए जस्तै तलका शब्दमा ‘ईय’ प्रत्यय लगाएर नंया शब्द बनाऊ :
केन्द्र, मानव, दानव, स्वर्ग, आत्मा
केन्द्र + ईय = केन्द्रिय
मानव – ईय + = मानवीय
दानव – ईय + दानवीय
स्वर्ग – ईय + स्वर्गीय
आत्म – ईय +आत्मीय
अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर :
वनस्पति, वातावरण, विसंगति, कल्पनाशिल, संचार, प्रदुषण, संरक्षण, स्वच्छ
वनस्पति = वातावारण सफा राख्ननका लागि वनस्पतिको संरक्षण गर्नु पर्छ |
वातावारण = मानिसलाई बाँच्नका लागि वातावारणको आवश्यक पर्छ |
विसंगति = प्राकृतिक स्रोतहरुको जथाभाबी दोहन गर्दा जताततै विसंगति उत्पन्न हुन्छ |
कल्पनाशील = कल्पनाशील व्यक्तिले धेरै कृतिहरु श्रीजना गर्नलागेको सकिन्छ |
संचार = आज संचारको मध्यमले गर्दा सबैलाई एक बनाएको छ |
प्रदुषण = वातावारण प्रदुषणको कारणले मानिसले आज धेरै रोग छ |
संरक्षण = हरेक ठाउँमा वातावारणको संरक्षण गर्नु पर्छ |
स्वच्छ = मानिस स्वच्छ वातावारण रम्न रुचाउछ |
पाठ पढी तालिकामा उल्लेख भएका वर्णहरु प्रयोग भएका पाँच पाँच ओटा शब्द भर :;
वर्ण |
प्रयोग भएका शब्दहरु |
ज् |
संचालन, संचार,संचय,वैज्ञानिक, कज्चन |
श, ष, स |
विशेषता, कल्पनाशील, विनाश, विवेकशील, शिक्षा, विषय, सर्वश्रेष्ठ, मस्तिष्क, दूषित, विषालु |
न, ण |
घनिष्ट, जीवन, वनस्पति, वन, खनिज, वातावारण, संरक्षण, प्राणी, निर्माण, शुद्धीकरण |
ऊ |
भूमिका, भुक्षय, प्रतिकूल, पूर्ति, प्रदूषित |
ब र व |
बानी, बुद्धि, बन्चरो, बिरुवा, जडीबुटी, वातावारण, वस्तु, वनस्पति, अवस्था, विवेक |
सहअस्तित्व......... भावले विश्वको मुहार हसाउन सक्छ |
उत्तर –सहअस्तित्व र भात्रिव्त भावले विश्वको मुहार हसाउन सक्छ |
© 2019-20 Kullabs. All Rights Reserved.