दाजुलाई चिठी

Subject: Nepali

Find Your Query

Overview

दाजुलाई चिठी

 

पाठ ११

दाजुलाई चिठी

  • उत्तर भन :
  • यो चिठी कसले कसलाई लेखेको हो ?

उत्तर – यो चिठी भाइ शोभाकर गुरुङले दाजु प्रभाकर गुरुङलाई लेखेको हो |

  • कुन कुराले सबैलाई स्तब्ध तुल्यायो

उत्तर – प्रभाकर गुरुङको विदेशमै बस्ने कुराले सबैलाई स्तब्ध तुल्यायो |

  • प्रभाकर कुन विषयमा ज्ञान हासिल गरेका छन् |

उत्तर – प्रभाकर कृषि क्षेत्रको आधुनिकीकरण विषय ज्ञान हासिल गरेका छन्

  • सुम्निमा दिदि के गर्दै हुनुहुन्छ ?

उत्तर – सुम्निमा दिदि आफ्नै गाउँको विद्यालयमा प्रधानाध्यापक भएर शिक्षाको उज्यालो छदै हुनुहुन्छ |

  • असल नागरिकको कर्तब्य के हो ?

उत्तर – आफुले सिकेको सिप आफ्नै देशको उन्नतिका निम्ति खर्च गर्नु असल नागरिकको कर्तब्य हो |

  • ठिक उत्तर छानेर लेख :
  • आमाबुबाको भरोसा कसमाथि छ ?
  • शोभाकर आ) प्रभाकर     इ) दिवाकर         

उत्तर – आ) प्रभाकर

  • प्रभाकर अमेरिकाको कुन ठाउँमा बस्दै छन् ?
  • वासिंटन आ) जर्जटाउन      इ) न्युयोर्क

उत्तर – आ) जर्जटाउन

  • गाउँमा कसले कफी उद्योग खोलिसकेका छन् ?
  • कान्छा दाइ आ) कमल दाइ    इ) सुबोध दाइ

उत्तर – कमल दाइ

  • शोभाकर कंहा बस्दै छन् ?
  • पोखरा आ) विराटनगर   इ) डोल्पा

उत्तर – अ) पोखरा

 

 

  • तलका प्रश्नको उत्तर लेख :
  • गाउँघरमा ककसले के के गरेर धान कमाएका छन् |

उत्तर – गाउँघरमा धेरैले धन कमाएका छन् | प्रभाकर गुरुङसंगै पढेकी सुम्निमा दिदीले आफ्नै गाउँको विद्यालयमा प्रधानाध्यापक भएर जागिर खादैं शिक्षाको उज्यालो छारिरहेकी छन् भने उनकै साथी गोविन्द, डोल्मा, मनोज, र आर्य पनि आफ्नै गाउँम पौरख गरि धन कमाइरहेका छन् | उनीहरुले आधुनिक तरिकाले फलफुल र तरकारी खेति गरेर प्रसस्त धन कमाइरहेका छन् | कमलले त झनै गाउँमै कफी उद्योग खोलेर बसेको छ | सरकारले बेरोजगारी युवालाई लक्षित गरेर ल्याएको स्वरोजगार कार्यक्रमले हौँघरमै बसेर धन कमाउन चाहने युवायुवतीलाई प्रोत्साहन मिलेको छ | कसैले मौरी पालन गरेका छन भने कसैले फलफुल खेतिबाट स्वदेशमै बसेर आज धेरै युवायुवती धन कमाएका छन् |

  • देशलाई किन प्रभाकर जस्ता प्रतिभाहरुको आवश्यकता छ ?

उत्तर – हरेक देशलाई आर्थिक विकास र आर्थिक बृदि गर्नका लागि दक्ष जनसक्तिको आवशयकता पर्दछ | सिप र क्षमता भएका युवाशक्तिहरुल्रे स्वदेशमै बसेर श्रम र पसिना बगाएर स्वदेशको उन्नति सम्भव हुन्छ | अझ नेपाल कृषिप्रधान देश भएको हुनाले  कृषिप्रधान देश भएको हुनाले  कृषि क्षेत्रको आधुनिकीकरण विषय ज्ञान हासिल गरेका प्रभाकर जस्ता प्रतिभाको त झनै ठूलो आवश्यकता छ | उनी जस्ता सिप र क्षमता भएका व्यक्तिहरुको सोच, योजना र कार्यबाट मात्र नेपालको विकास सम्भव छ | यस्ता प्रतिभाशालि ब्यक्तिहरुको प्रयासले देशको मुहार फेर्ने सकिने भएकाले कृषि विशेषज्ञ प्रभाकर जस्ता प्रतिभाहरुको देशलाइ आवश्यकता छ |

 

 

 

 

  • चिठी किन ‘आफुलाई जन्म दिने आमा र जन्मभुमि सबैभन्दा ठुला हुन्छन’ भनीएको होला’ आफ्नो विचार प्रस्तुत गर |

 

उत्तर = आमा सृजनाकी मूल हुन् | आमाले नै महिनासम्म आफ्नो कोखमा राखेर बच्चा जन्माउंछिन् | आमाले त्यतिलामो समयसम्म अनेक कष्ट र पिडा सहदै प्रसव वेदना सहेर जन्म दिएपछि आफ्ना दस धारा दुध चुसाएर बडो जतनसाथ वच्चालाई हुर्काउने काम गर्छिन | भन्छिन, छोरो कुपुत्र हुन् सक्छ तर आमा कहिल्यै कुमता हुन्नन | आमाकै लालन पालन र स्याहार पाएर बच्चाको शारीरिक र मानसिक अवस्था पनि स्वस्थ र सबल हुन्छ | जन्म दिने आमा एउटा हुन्छिन | त्यस्तै मानिस जुन धर्तीमा जन्मिएको हुन्छ त्यसलाई जन्मभुमि भनिन्छ | जन्मभूमि सबैका लागि अत्यन्त प्यारो हुन्छ | मानिसले आफु जन्मिएकै ठाउँको धर्ति टेकेर सास फेर्ने,तोते बोलि बोल्न सिक्ने र आन्न्पानी खाएर हुर्किने गर्छ | आफ्नै परिवेश, वातावारण र माया ममता अनि संस्कुतिमा हुर्कीएको मानिसले आफ्नो जन्मभुमि आजन्म बिर्सन सक्दैन | त्यसैले आफुलाई जन्मदिने आमा र जन्म भुमि सबैभन्दा ठुला हुन्छन् भनीएको हो |

 

  • ‘दाजुको चिठी’ पाठ पढेपछि प्रत्युत्तर दिदै भाइलाई एउटा चिठी लेख |

उत्तर :

                                               ए – ७७, युनिभर्सिटी वे

                                               जर्ज टाउन, अमेरीका

                                               मिति २०७३/ ४ / ५/

प्यारो भाई सागर,

शुभाशिर्वाद तथा प्यार |

      कुशल रही कुशलताको कामना गर्दछु | भाई, तिमीले पाठएको पत्र मैले हिजो मात्र पाए | निकै खुसी र दु:ख पनि लाग्यो | तिमीले साथीहरुबाट भए गरेका कुराले मलाई खुसी लाग्यो भने तिमीले मेरो परिस्थितिलाई बुझ्न नसकेकोमा दु:ख पनि लाग्यो |

प्यारो भाई, म पनि ढुंगाको हृदय भएको मान्छे त पक्कै होइन | मलाई बुवाआमाको यादले सधै सताउने गर्दछ | घर आउन चाहे पनि मेरो पढाई पुरा नभएको र कामबाट फुर्सद नमिलेकाले आफ्नो प्यारो जन्मभूमि आउने इच्छा अधुरै रहेको छ | पक्कै पनि आफ्नो पढाई पुरा गरेपछि स्वदेशमै आएर देशको सेवा गर्ने मेरो तिब्र चाहना छ | तिमि ढुक्क भा हुन्छ | तिमीले पत्रमा मेरो सहपाठी र गाउँका अन्य साथीहरुले स्वदेशमै बसी धन कमाएको र उद्योगधन्दा खोलि देशको सेवा गरेको कुरा जानकारी गराएकोमा तिमीलाई धन्यवाद छ र मेरा साथीहरुलाई प्रगतिको शुभकामना पनि छ | म पनि आफ्नो पढाई पुरा गरिसकेपछि स्वदेशमै फर्कीएर देशको सेवा गर्छु | पक्कै पनि हाम्रो कृषि प्रधान देशका लागि म जस्ता व्यक्तिहरुको आवशयकता छ | कृषि क्षेत्रमा आधुनिकता गर्नसके देशको उन्नति र प्रगति हुने कुरामा कुनै संका छैन | अत : मा यसका लागि संबेदनशील भएर भविष्यमा लागिपर्ने छु भनी प्रण गर्दछु |

 

अब धेरै के लेखू | बुवाआमालाई पनि प्रणाम सुनाइ दिनु | पत्र पाउन साथ यसको उतरको आशा गर्दै आजलाई यति मै कलम बन्द गर्दछु |

 

                                            तिम्रो प्यारो दाजु

                                         पारस गुरुङ

 

  खामको नमुना

पठाउने                              पाउने

सागर गुरुङ                           पारस गुरुङ

ए – ७७, युनिभर्सिटी वे                      विन्ध्यवासिनी, पोखरा

जर्ज टाउन, अमेरिका                           नेपाल

 

 

 

  • आफ्नो विद्यालयले आयोजना गरेको कुनै कार्यक्रमको वर्णन गरि आफ्नो साथीलाई एउटा चिठी लेख:

 

उत्तर :

                                                   काठमाडौँ बबरमहल

                                                  २०७२ / १० / २२

प्रिय मित्र सुमित,

सादर नमस्कार |

    

      कुशल रही कुशलताको कमना गर्दछु | प्रिय मित्र तपाईले पठाउनु भएको पत्र हिजो मात्र प्राप्त गरे | पत्रमा मेरो विद्यालयले यसपालिको सरस्वती पुञ्ज कसरी सम्पन्न गर्यो भनी जिज्ञासा राक्नुभएको रहेछ | त्यसओ यस पत्रमा सङक्षिप्त रुपमा जानकारी गराउन चाहन्छु |

 

हाम्रो विद्यालयले हिजो सरस्वती पुजा भव्य रुपमा मनायो | कार्यक्रम सम्पन्न गर्न प्रधानाध्यापक टेकबहादुर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय पूजा आयोजक समिति एक हप्ताअघि नै गठन गरिएको थियो | आयोजक समितिको बैठक बसी सरस्वती पूजाका दिन विद्यार्थी, शिक्षक र अभिभावकलाई समेत उपस्थिति गराउने निर्णय गरेअनुसार नै हिजो हाम्रो विद्यालयले सरस्वती  पूजाको कर्यम्र्म भव्य रुपमा मनाएको थियो |

 

हाम्रो विद्यालयमा पढ्ने कक्षा ९ र १० का दाजु दिदिहरुलाई मंच बनाउने, अभिभावकहर्रुलाई स्वागत गर्ने र  पूजा सामग्री जुटाउने जिम्मा दिएको थियो | सोहि अनुरुप उंहाहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो | शिक्षक, अभिभावक, विद्यार्थी सबै आठ बजे विद्यालयको प्राङगणमा भेला भइ हामीले सामुहिक रुपमा सरस्वतीको प्रथना गर्योा | त्यसपछि विद्यालयको प्रधानाध्यापकले सरस्वतीको महत्वबारे प्रकाश पार्नु भएको थियो | यस अवसरमा कक्षाका साथीहरुसंग मिलेर मैले एउटा लघुनाटक प्रस्तुत गरेको थिए | सरस्वती पूजाका दिनसबै साथीहरु रमाईहेको देखिन्थे |

 

  सरस्वतीपूजा विद्यार्थीहरुको लागि ठुलो चाड रहेछ | त्यसले विद्यार्थीहरुमा ज्ञान, प्रेरणा र सद्बुधि प्रदान गर्ने रहेछ भन्ने मलाई लाग्यो | तपाईको विद्यालयले सरस्वतीपूजा कसरी सम्पन्न गर्यो, पत्रमा लेख्नु हुने नै छ | अहिलेलाई यति नै |

 

 

                                     तपाईको प्यारो साथी

                                     प्रनिश ठकुरी

   खामको नमुना

 

 

पठाउने                                पाउने

सुमित थापा                             प्रनिश ठकुरी

अक्सीडेन्टल पब्लिक स्कुल                 जनता मा. वि.

अनामनगर काठमाडौँ                        दमक झापा

 

 

                     

 

  • तलका शब्दको अर्थ लेख :

प्रतिभा,  भविष्य,    शीघ्रातिशीघ्र,      प्रतिभा,     कर्तब्य

उत्तर – प्रतिभा = कसैलाई पर्खने काम, बाटो हेराइ

भविष्य = वर्तमान भन्दा पछिको समय, भविष्यको काल, आगामी बेला

शीघ्रातिशीघ्र = जतिसक्दो चाडो, छिटोभन्दा छिटो

कर्तब्य = असल आचरण, उचित व्यवहार

  • तलका उदाहरण हेरी दिइएका अनेकार्थी शब्दहरुको फरक अर्थ बुझ र वाक्यमा प्रयोग गर :

जस्तै : पत्र – चिठी = रविले दाजुलाई पत्र लेख्यो |

पत्र – पाना = रविनले किताबको पत्र पल्टायो |

तर      फुल     पुरा     मान     फल      कर      अर्थ   कल       ताल

 

उत्तर – तर = किन्तु, परन्त

आकाशमा बादल लाग्यो तर पानी परेंन |

तर = दुधको छली

मैले दुधको तर मजाले खाएँ |

फुल – अन्डा, डीम्मा

बहिनिले कुखुराको फुल खाइन् |

फुल = कोपिला, पुष्प, 

बगैचामा फुल फुल्यो |

पुरा = खाएर बाकी रहेको

किशोर अर्काको पुरा खाने नोकर भएर बसेको छ |

पुरा = धेरै पहिलेको

मलाई पुरा कथा पढ्न खुब मन पर्छ |

मान = सम्मान,  आदर

आफुभन्दा ठुला मानिसलाई म मान गर्छु |

मान = मापन, नाप

नेपालको मानचित्र भारतओ भन्दा धेरै सानो छ |

फल = दाना, गेडा

पहाडी क्षेत्रमा दाना खेति गरिन्छ |

फल = नतिजा

कक्षा आठको परिक्षाको नतिजा (फल) चाडै नै आउने कुरा  छ |

कर = करकाप,  ढिपी

मलाई उसले भलिवल खेल्न खुब कर गर्यो |

कर = राजस्व, तिरो

ममीले भुमि कर तिरी सक्नुभयो |

अर्थ = माने, मतलब

गुहको अर्थ घर हो |

अर्थ = धन, सम्पति

अर्थ मन्त्रालयले यसपालिको वार्षिक बजेट सावर्जनिक गर्यो |

कल = झगडा

सानो भाइ हिजोआज असाध्यै कल गर्छ |

कल = मेसिन

मैले लुगा सिलाउने मेसिन किनेनी ?

ताल = पोखरी, तलाउ

फेवाताल कास्कीको पोखरामा पर्छ |

ताल = चाला, ढंग

साथीको ताल देखेर म त छक्क पर्छु |

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.