Subject: Nepali
देवकुमारीलाई किन उच्च विचार भएकी ब्यक्ति भनिन्छ ?
उत्तर – देवकुमारी थापा एक उच्च विचार भएकी स्रस्टा हुन् | उनी स्रस्टा मात्र होइन, शिक्षा र समाज सेवाका क्षेत्रमा पनि त्यतिकै सक्रिय ब्यक्ति हुन् | विशेषत : बाल बलिकालाई असल बन्न हैसला प्रदान गर्ने ब्यक्ति हुन् | देशका भविष्यका निर्माता तथा समाज राष्ट्रियको जग मानिएका बाल बालिकाहरु सुरुमै असल शिक्षा प्रदान गर्नु आवश्यक छ भन्ने ठानेर उनी साहित्य सिर्जनामा लागिन् | उनले बाल मनोविज्ञानलाई ख्याल गरी थुप्रै कथा लेखिन् | उनले स्वास्थ्य, शिक्षा र समाज सेवाका क्षेत्रमा समेत निस्वार्थ काम गरिन् |देवकुमारीले समाज सेवाबाट असहाय, उत्पीडित-विपन्न र रोगग्रस्त मानव समुदायको दुख, पीर हटाउन सधै क्रियाशील भएर काम गरिन् | बालबालिकाहरुको हेरचाह र शिक्षामा सर्वाधिक चासो लिईन् | उनले बाल बालिकाहरुका लागि राम्रो शिक्षा दिन सधै सल्लाह दिन्थिन | उनका विचारमा, व्यवहार र क्रियाकलापका कारण उनलाई एक उच्च विचार भएको ब्यक्ति भनिन्छ |
देवकुमारी थापालाई के कारणले नागरिक अभिनन्दन गरियो ?
उत्तर- देवकुमारी थापा नेपाली साहित्य, शिक्षा, समाज सेवा र पत्रकारिताका क्षेत्रमा सधै क्रियाशील रहने ब्यक्ति हुन् | उनले विशेष गरी बाल साहित्य र स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्याएकी छन् | बाल बालिकाहरु देशका भविष्यका निर्माता अनि समाज र राष्ट्को जग भएकोले उनीहरुलाई असल शिक्षा दिनु आवश्यक छ भन्न ठानेर सोहीअनुसार रचना सिर्जना गर्ने र प्रकाशन गर्ने काम गरिन् | हिमाल किशोर जस्ता बाल पत्रीका प्रकाशन गरी विभिन्न सस्थामा संलग्न भइ समाज सेवाको क्षेत्रमा पुर्याएको योगदान र उनको असल विचार र व्यवहार, आफ्नै खर्चमा बबरसिंह गुठीको स्थापाना जस्ता कार्यमा सदा क्रियाशील भएको कारण उनलाई २०५५ मा नागरिक अभिन्नदन गरियो |
देवकुमारी थापालाई किन प्रेरणाकी मुहान मानिन्छ ?
उत्तर - देवकुमारी थापा असल गुण भएकी नारी प्रतिभा हुन् | उनले बालबालिकाहरु आजका देश निर्माता हुन् भनेर बुझेर बालबालिकाहरुको रुचि अनुसारको असल कुरा दिने हिसाबले बाल साहित्य सिर्जना गरिन् | बालबालिकाहरुको बौद्धिक बिकास गर्नका लागि थुप्रै काम गरिन् | विभिन्न संङघसंस्थाहरु खोल्ने, समाज सेवाको काम गर्ने र असल असल बन्न उत्प्ररित गर्ने काम गरिन् | बालमैत्री वाताबरण शिक्षा दिन सबैलाई दिने थापाले मानव सेवा र राष्ट्र सेवाको निम्ति असल काम गर्ने ब्यक्ति हुन् | उनका हरेक कार्यलाई प्रेरणाका श्रोत बनेका छन् | त्यसैले उनलाई शिक्षा, साहित्य र समाज सेवाका क्षेत्रमा प्रेरणाकी मुहान भनिन्छ |
देवकुमारी थापाले के कस्ता सम्मान पुरस्कार पाइन् ?
उत्तर - देवकुमारी थापाले आजीवन शिक्षा, साहित्य समाज सेवामा आफ्नो जीवन दिइन् | खास गरी बालसेवा, मानव सेवा, र राष्ट्र सेवामा लागिन् | उनले पुर्याएको योगदानको कदर स्वरूप उनले उत्तम कुवर पुरस्कार, प्रतिभा पुरस्कार, महेन्द्र पुरस्कार, सेवा पदक, गोरखा दक्षिण बाहु, रत्न श्री स्वण पदक जस्ता राष्ट्रिय सम्मान र पुरस्कार पाइन् |
देवकुमारी थापाले शिक्षा, स्वास्थ्य र साहित्यमा दिएको योगदानको चर्चा गर |
देवकुमारी थापाको शिक्षा र स्वास्थ्य क्षेत्रमा जस्तै साहित्य क्षेत्रमा पनि उतिकै योगदान रहेको छ | बालबालिकाहरुलाई असल र सक्षम बनाउन साहित्य सृर्जनामा लागिन् | उनले बालबालिकाहरु लागि थुप्रै बाल साहित्य प्रकाशन गरिन् |देवकुमारी थापाले नेपाली समाजमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा उदाहरणीय काम गरेकी छन् भने साहित्यका क्षेत्रमा ठुलो योगदान पोर्याएकी छिन् |
पाठको तेस्रो अनुच्छेद पढी चार ओटा बुदाहरु टिपेर साराश लेख ?
उत्तर – बुदाटिपोट
प्रेरणाकी स्रोत देवकुमारी थापा
देवकुमारी थापा बाल बालिकाहरुलाई असल र शिक्षित बनाउन साहित्य सिर्जनामा लागिन् र उनीहरुको चैतर्फी विकास गर्न संङघसंस्थाहरुको स्थापना गरी समाज सेवामा लागिन् | मानिसको मुख्य कर्तब्य नै सेवा हो भन्ने थापाको सबैका निम्ति प्रेरणाकी स्रोत बनेकी थिइन् |
तल छ्यासमिस पारेर विपरितार्थी शब्द राखीएको छन् | उदाहरणा हेरी मिल्ने शब्द छानेर जोडा मिलाऊ :
उदाहरण : सक्षम = असक्षम
शिक्षित, पत्नी, सहाय, अशिक्षित, पति, विपन्न, थोरै, असहाय, सम्पन्न, सक्रिय, धेरै, निष्क्रिय, असल, रुचि, खराब, नमिठो, अरुचि, मिठो
उत्तर शिक्षित - अशिक्षित
पत्नी - पति
सहाय - असहाय
विपन्न - सम्पन्न
थोरै - धेरै
सक्रिय - निष्क्रिय
असल - खराब
रुचि - अरुचि
नमिठो - मिठो
१०. तलको अर्थ बताऊ :
जग, प्रेरणा, निर्माता, अमर, उदाहरण, व्यवस्था, ,चौतर्फी ,हौसला, कर्तब्य, अडिग
उत्तर =
जग – आधार, भर
प्रेरणा – हौसला, अभिप्रेरणा
निर्माता – उत्पादक
अमर – अजम्बरी
व्यवस्था – प्रबन्ध
उदाहरण – नमुना
चौतर्फी – चारैतिर
हौसला – प्रोत्साहन
कर्तब्य – असल आचरण
अडिग – डेग
११. अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर :
आफन्त, आजीवन, मानव, समर्पित, प्रेरणादायी, मुहान
उत्तर – आफन्त – रिता आफन्तसंग मात्र होइन कसैसंग नी झगडा गर्दैन |
आजीवन – देवकुमारी थापाले आजीवन बाल साहित्यको बिकास र विस्तारका निम्ति काम गरिरहिन् |
मानव – मानवको मुख्य कर्तब्य भनेको सेवा हो |
समर्पित – देवकुमारी थापाले नेपाल आएर समाज सेवामा समर्पित भइन् |
प्रेरणादायी – हामीले पनि देवकुमारी थापाले जस्तै प्रेरणादायी काम गरेर महान् बन्न सक्नु पर्छ |
मुहान – नेपालको मुख्य नदीहरुको स्रोत भनेकोहिमालका मुहान नै हुन् |
देवकुमारी थापा
देवकुमारी थापाको जन्म भारतको दार्जीलिङ क्षेत्रअन्तर्गत खरसाङमा भएको हो | वि. स. १९८५ बैशाख २२ गतेका दिन भएको हो | उनी माता रमादेवी र पिता हस्तबहादुर कटुवालकी कान्छी छोरि हुन् | उनको बिबाह नेपालमा भएको थियो उनको पतिको नाम बबरसिंह थापा हो | उनी सानै देखि प्रतिभाशाली थिइन् | सानै देखि अध्यन क्षेत्रमा राम्रो थिइन् | उनले स्वास्थ्य क्षेत्रमा डिप्लोमा गरेकी थिइन् | उनी बिबाहपछि वि. स. २०२२ मा नेपाल आएर विभिन्न क्षेत्रमा काम गर्न सुरु गरिन् | उनले बालबालिकाहरुको लागि विभिन्न बाल पत्रपत्रिका निकालिन| बालबालिकाहरुको क्षमता बिकास गर्नका लागि साहित्य किताबहरु प्रकाशन गरिन् | साथै स्वास्थ्य क्षेत्रमा पनि उतिकै सेवा गरिन् | गाउँगाउमा पुगेर महिला, गरिब, दलित र दुखिलाई सधै सेवा गरिन् | देवकुमारी थापाले विभिन्न पुरस्कार पनि पाइन् | वि. स. २०५५मा नगारिक अभिनन्दन पनि पाइन् | उनले प्रतिभा पुरस्कार, महेन्द्र पुरस्कार, सेवा पदक, गोरखा दक्षिण बाहु पुरस्कार, रत्न श्री पदक जस्ता राष्ट्रिय स्तरका सम्मान र पुरस्कार पाइन् |
© 2019-20 Kullabs. All Rights Reserved.