Subject: Nepali
व्यक्तिलाई बुझाउने शब्दलाई पुरुष भनिन्छ | वत्ता, श्रोता र विषयलाई भुझाउने शब्द पुरुष भनिन्छ | यसले क्रियाक आधारमा कर्ता र क्रिया विचमा सम्बन्ध स्थापना गरि व्यक्ति वा कर्ताको भेद देखाउने पदहरुलाई पुरुष भनिन्छ |
पुरुषलाई तिन भागमा बिभाजन गर्न सकिन्छ |
१)प्रथम पुरुष – प्रथम पुरुषले बोल्ने वा लेख्ने अर्थात् आफैलाई बुझाउदछ |जस्तै – म, हामी
म गीत गाउँछु
२) दृतीय पुरुष– यसले सुन्ने व्यक्ति वा श्रोतालाई जनाउन प्रयोग गरिन्छ |जस्तै – तिमी तपाई
तिमि खेल खेल्छौ |
३) तृतिय पुरुष– तृतीय पुरुष अन्य वस्तु तथा विषयवस्तुसंग सान्दर्भिक भएर आउछ | जस्तै ऊ, त्यो यो
तिनीहरु कति हाँसेका हुन् |
आदरगत संगीत – नाम सर्वनाम र क्रियापदले सङ्केत गर्ने व्यक्तिको सामाजिक इज्जत र प्रतिष्ठा व्यत्त गर्ने शब्द तथा त्यसको संगीतलाई आदरार्थी भनिन्छ |
उदाहरण – अनादर = ऊ, त्यो
मध्यम आदर = तिमि, उनी, तिनी
उच्च आदर = तपाई, उहाँल
. कोष्ठकमा दिइएको सङ्केतका आधारमा तलका वाक्यहरु परिवर्तन गर :
म तिमीलाई नै दिन्छु | ( तृतिय पुरुष )
उत्तर – ऊ तिमिलाई नै दिन्छ |
तपाईसंग भएको शस्त्रास्त्र विद्या दिनुहोस | ( मध्यम आदरए)
उत्तर –तिमीसंग भएको शस्त्रास्त्र विद्या देऊ |
उनी त्यहाँबाट उठेर हस्तिनापुरतिर लागे | ( उच्च आदर )
उत्तर – उहाँ त्यहाँबाट उठेर हस्तिनापुरतिर लाग्नुभयो |
हामीले निकाल्न सकेनौ | (दृतीय पुरुष)
उत्तर – तिमीहरुले निकाल्न सकेनौ |
उनको अनुहार गुराँस जस्तै रातो भयो | ( अनादर)
उत्तर – उसकोअनुहार गुराँस जस्तै रातो भयो |
तिमी त सामान्य ज्ञान र शिष्टता नभएका रहेछौ | ( प्रथम पुरुष )
उत्तर – म त सामान्य ज्ञान र शिष्टता नभएको रहेछु |
© 2019-20 Kullabs. All Rights Reserved.