Subject: Nepali
व्याकरण
वाच्य
वाक्यमा कर्ता, कर्म र भावका आधारमा क्रियापदको रपमा परिवर्तन गर्ने तरिकालाई वाच्य भनिन्छ | वाच्यलाई निम्न तिन भागमा बिभाजन गरीएको छ |
१ कर्तु वाच्य
२ कर्म वाच्य
३ भाव वाच्य
१ कर्तु वाच्य = कर्तु वाच्य भनेको वाक्यमा कर्ता प्रधान हुने वा कर्ता अनुसार क्रियामा लिङ्ग, वचन, पुरुष, भई कर्ता र क्रियाविच पदसङ्गति हुने वाच्यलाई जनाउदछ | कर्तुवाच्यको क्रियापद सकर्मक वा अकर्मक दुवै हुन्छ |
उदाहरण = म रामायण पढ्ने छु |
म आज विद्यालय जान्न |
कर्म वाच्य = कर्म वाच्य भनेको वाक्यमा कर्म प्रधान हुने र कर्मअनुसार क्रियामा लिङ्ग, वचन,पुरुष भई कर्ता र क्रियाविच पसंगति हुने वाच्यलाई जनाउदछ | क्रमवाच्यको क्रियापद सकर्मक हुन्छ |
उदाहरण – सीताद्रारा छठ पर्व मनाइयो |
भाव वाच्य = भाव वाच्य भनेको वाक्यमा भाव प्रधान हुने रवाच्यलाई बुझाउदछ | भाववाच्यको क्रियापद अकर्मक मात्र हुन्छ र तृतीय पुरुष, एकवचन, पुलिंग तथा अनादरमा रहेको हुन्छ |
उदाहरण – आफु त नेपाली संस्कृतिमा रमाइयो |
उत्तर = उनीहरुबाट नेपाली संस्कृतिको अध्ययन गरिदैं छ |
उत्तर – हामी नेपालीहरु धेरै पर्वहरु मनाउंछौ |
उत्तर – हामीहरु धान नाचमा खुब रमायौ |
उत्तर – आफु त नाचियो |
उत्तर – हामीबाट चाडपर्वमा रमाइलो गरिने छ |
उत्तर – हामी सद्भावलाई नेपाली संस्कृतिका जग मान्छौ |
उत्तर – तिमीहरुबाट रमाइला पर्वहरु मनाइदै थिए |
उत्तर – भाइबाट लाखे नाच हेरेर हँसिन्थ्यो |
उत्तर – आमाबाट छठ पर्वमा बहिनी बोलाइने छिन् |
उत्तर – रोहनबाट चाडपर्वमा खुब रमाइन्छ |
© 2019-20 Kullabs. All Rights Reserved.