निवेदन

Subject: Nepali

Find Your Query

Overview

निवेदन

 

उत्तर भन :

१ )यो निबेदन कहिले लेखीएको हो ?

उत्तर – यो निबेदन २०७१/ १०/०१ मा लेखीएको हो |

२)सूचना कुन पत्रिकामा प्रकाशन भएको थियो ?

उत्तर – सूचना गोरखापत्र पत्रिकामाप्रकाशन भएको थियो निवेदन|

३)यो निवेदन कसले कसलाई लेखेको हो ?

उत्तर – यो निवेदन आदर्श उच्च माध्यमिक विद्यालय, दिगमकोट, गुल्मीस्थित कक्षा ८ मा अध्ययनरत छात्रा तुलसा विश्वकर्मीले प्रधानाध्यापकलाई लेखेको हो |

४)कविता प्रतियोगितामा कसको सम्मान गरिएको थियो ?

उत्तर – कविता प्रतियोगिता नेपालको प्रजातान्त्रिक आन्दोलन अविस्मरणीय योगदान दिएका सहिदहरुको सम्मानमा गरिएको रहेछ |

५)कविता प्रतियोगिताको आयोजना कसले गरेको रहेछ ?

उत्तर - कविता प्रतियोगिताको आयोजना नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमान्डौले गरेको रहेछ |

६)निवेदनले कविता प्रतियोगितामा भाग लिन चाहनुको कारण के हो ?

उत्तर – निवेदकले कविता प्रतियोगितामा भाग लिन चाहनुको कारण राष्ट्रिय स्तरको प्रतियोगीतामा विद्यार्थीका रुपमा सहभागी भइ पुरस्कार प्राप्त गर्नु हो |

 

२. तलको दिइएको निवेदनको ढांचाअनुसार छुट्टै एउटा निवेदन तयार पार :

मिति.......

सम्बोधन........

कार्यालयको नाम र ठेगाना ........

विषय..........

निवेदनको नाम............

ठेगाना.........

   मिति :२०७३/३/२१

श्रीमान् प्रधानाध्यापक,

भानु उच्च माध्यमिक विद्यालय,

लक्ष्मीपुर झापा |

 

             विषय  :  सिफारिस पाउं |

महोदय,

 

प्रस्तुत विषयमा कान्तिपुर दैनिकमा प्रकाशित सूचना अनुसार जिल्ला शिक्षा कार्यालय, चन्द्रगडी झापाको आयोजनामा जिल्ला स्तरीय हाजिरी जबाफ प्रतियोगिता आयोजना गरेको रहेछ | त्यस प्रतियोगितामा सहभागी हुनका लागि आफुले पढ्दै गरेको विद्यालयको सिफारिस आवश्यक पर्दोरहेछ |

म यस विद्यालयको एक मिहिनेती, जेहेन्दार तथा नियमित छात्रा हुँ | म यस विद्यालयद्रारा संचालित विविध अतिरिक्त क्रियाकलापमा सहभागी भइ पुरस्कार पनि प्राप्त गर्दै आइरहेको छु | विगतमा जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको जिल्ला स्तरीय वादविवाद, कविता, आदि जस्ता प्रतियोगितामा समेत प्रथम भई पुरस्कार गरेको कुरा यहाँहरुलाई अवगत नै छ |

अत : मिति २०७३/ ३/ २७ देखि संचालन हुने जिल्लास्तरीय हाजिरी जबाफ प्रतियोगिता सहभागिता भएर प्रतिभा प्रस्तुत गर्ने मेरो तीव्र चाहना छ | उक्त प्रतियोगितामा यस विद्यालयको विर्द्यर्थीका रुपमा सहभागी भएर पुरस्कार प्राप्त गर्न सकेमा विद्यालयका लागि पनि गौरवको विषय हुने छ | त्यसैले उक्त प्रतियोगितामा सहभागी हुनका लागि विद्यालयका तर्फबाट सिफारिस गरिदिनु हुन श्रीमान समक्ष विनम्र अनुरोध गर्दछु |

  आज्ञाकारी छात्रा

   रिता थापा

    कक्षा : ८

    रोल नं. १

      भानु उच्च माध्यमिक विद्यालय,

       लक्ष्मिपुर, झापा

 

 

 

 

३. तल दिइएका विषयमा निदेदन लेख :

 

  • विद्यालयको पुस्तकालयमा नियमितरुपमा पत्रपत्रिका उपलब्ध गराईदिन अनुरोध गरि

 विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख |

उत्तर –

                                                मिति २०७३/ ३ /२५

श्रीमान प्रधानाध्यापक,

जनता उच्च माध्यमिक विद्यालय, भोजपुर

 विषय : पत्रपत्रिका उपलब्ध गराई पाउं |

महोदय,

प्रस्तुत विषयमा आजको युगमा पत्र पत्रिकाको ज्यादै ठुलो महत्व रहेको कुरा हामीले सुन्दै रबुज्दै आएकाछौ | पत्र पत्रिकाहरुबाट विश्वमा घटेका दैनिक घटनाहरुको जानकारी प्राप्त गर्न सकिन्छ | विद्यार्थीको बौद्धिक विकासका लागि पाठ्यपुस्तक मात्र पर्याप्त हुदैन | हामीलाई देश विदेशको ताजा घटनाहरुको जानकारी हुनु पनि त्यतिकै जरुरि छ | अब त यातायातको पनि सुविधा पनि भइसकेको यस विद्यालयमा राष्ट्रिय स्तरका पत्र पत्रिकाहरु नियमित रुपमा उपलब्ध गराई विद्यार्थीहरुमा भएको प्रतिभाको प्रस्फुटन हुने अबसर प्रदान गरिदिनु हुन विद्यार्थीको प्रतिनिधिका नाताले विनम्र अनुरोध गर्दछु |

    आज्ञाकारी छात्र

     रमेश कार्की

      कक्षा ; ९

      रोल नं. ५

       जनता उच्च माध्यमिक विद्यालय

 विद्यालयले गरिब तथा जेहेनदार विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति आफुले पाउन अनुरोध गरी आफ्नो विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख |

 

                                                मिति २०७३/ ४/ ५

श्रीमान प्रधानाध्यापक,

देवी उच्च माध्यमिक विद्यालय

दमक, झापा

     विषय : गरिब तथा जेहेनदार छात्रवृत्ति पाऊँ

महोदय,

        बिनम्र निवेदन यो पेश गर्दछु की यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यही २०७३ / ४ / १० / गते भित्र गरिब तथा जेहेनदार छात्रवृत्ति लागि विद्यालयमा निवेदन आह्वान गरेकाले मैले पनि यो निवेदन दिएको छु |

म यस विद्यालयको एक मिहेनेती, जेहेनदार तथा  नियमित छात्र हुँ | मेरो घरको आर्थिक अवस्था एकदमै कमजोर छ | दिनरात मेहेनेत गर्दा पनि घरमा बिहान बेलुका खानाको धेरै दुख छ | मलाई नियमित रुपमा किताब, कापी जुटाउन पनि सकिरहनुभएको छैन | मैले कक्षा ६मा पनि प्रथम भएर गरिब तथा जेहेनदार छात्रवृत्ति प्राप्त गरेको कुरा श्रीमानलाई अवगतै होला | अत : मेरो पढाईलाई निरन्तरता दिन गरिब तथा जेहेनदार छात्रवृत्ति पाऊँ भनी श्रीमान समक्ष विनम्र अनुरोध गर्दछु |

 

 

                                        आज्ञाकारी छात्र

                                        दमन रसाइलि

                                       कक्षा : ७

                                      रोल नं. १

देवी उच्च माध्यमिक विद्यालय दमक, झापा 

 

 

४ मिल्ने अर्थ छानेर जोडा मिलाऊ :

आगामी, विगत, अवगत, गौरव, जानकारी, इज्जत, आउंदो, बितेको, मिलनसार

उत्तर – आगामी – आउंदो

विगत – बितेको

अवगत – जानकारी

गौरव – इज्जत

५)जिल्ला + स्तरीय = ‘जिल्ला स्तरीय ‘ भए जस्तै तलका शब्दमा स्तरीय जोडेर नयाँ शब्द बनाऊ :

विद्यालय, क्षेत्र, इलाका, वार्ड, टोल

उत्तर -  विद्यालय = विद्यालय + स्तरीय = विद्यालय स्तरीय

क्षेत्र = क्षेत्र + स्तरीय = क्षेत्रस्तरीय

इलाका = इलाका + स्तरीय = इलाकास्तरीय

वार्ड = वार्ड + स्तरीय  = वार्डस्तरीय

टोल = टोल + स्तरीय = टोलस्तरीय

 ६)तलका शब्दको विपरितार्थ शब्द लेख |

आवश्यक, जेहेनदार, ठुलो, जित

उत्तर – आवश्यक –अनावश्यक

जेहेनदार  - अल्पबुद्धि

ठुलो  - सानो

जित  - हार

७)अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर :

प्रतियोगिता, अविस्मरणीय, अतिरिक्त, प्रथम, पुरस्कार

प्रतियोगिता = मैले जिल्लास्तरीय कविता प्रतियोगितामा भाग लिने अबसर पाए |

अविस्मरणीय = हाजिरी जफाब प्रतियोगितामा पाएको पुरस्कार मेरो लागिअविस्मरणीय रहेछ |

अतिरिक्त = विद्यालयले पढाईका साथसाथै अतिरिक्त क्रियाकलाप पनि गराउनु पर्दछ |

प्रथम = म कक्षा ६ को वार्षिक परीक्षामा प्रथम भए |

पुरस्कार = पारिजातले थुप्रै पुरस्कारहरु प्राप्त गरेकी छन् |

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.