भाव अर्थ
व्याकरण
भाव र अर्थ
भाषामा प्रयोग गर्ने मान्छेको मनोभाव वा आशयलाई बिझाउदा फेरिने क्रियापदको रुपलाई भाव वा अर्थ भनिन्छ | भावलाई निम्न पाँच भागमा विभाजन गरिएकोछ |
- सामन्यार्थ भाव
- आज्ञार्थ भाव
- इच्छार्थ भाव
- सम्भावनार्थ भाव
- सङ्केतार्थ भाव
- सामान्यर्थ भाव – कुनै पनि काम गर्नका लागी सामान्य मनोभाव अभिव्यत्त गर्ने क्रियापदलाई सामान्यर्थ वाक्य भनिन्छ
उदाहरण- म बोल्छु |
ऊ पनि सुत्यो |
- आज्ञार्थ भाव – कुनै गर्नका लागि आज्ञा / आदेश वा अनुरोध दिनुलाई आज्ञार्थ भनिन्छ | आज्ञार्थको क्रियापदमा दृतिय पुरुषमा मात्रै हुन्छ | यसमा दृतिय पुरुषका ई, अ, उ, ओ प्रत्यय जोडीएर आज्ञार्थ क्रियापद बन्दछन् |
उदाहरण तँ भात खा
तपाई लेख्नुहोस
- इच्छार्थ भाव – कुनै काम गर्नका लागि इच्छा, प्रयोग, आशिर्वाद, उपदेश, विन्ती आदि भावलाई ब्यत्त गर्ने क्रियापदलाई इच्छार्थ भनिन्छ | इच्छार्थको प्रयोग तिनै पुरुषमा हुन्छ | यसमा प्रत्ययहरु उं, ओं, एस्, ए, ओस्, उनु धातुमा जोडीएर इच्छार्थक क्रियापद बन्दछन् |
उदाहरण – म घर जाऊ |
तिमि सफल भए |
- सम्भावनार्थ भाव – कुनै पनि काम गर्नका लागि अनुमान, सम्भावना, अड्कल आदि भावलाई व्यत्त गर्ने क्रियापसलाई सम्भावनार्थ भनिन्छ | यसले भविष्यमा हुने कार्यलाई निर्देशित गर्दछ |
उदाहरण – म आउला
उनी आउलीन् |
- सङ्केतार्थ भाव – कुनै पनि कार्य गर्नका लागि कार्य र करण सम्बन्ध भएको वाक्यलाई सङ्केतार्थ भनिन्छ | यसमा दुई उपवाक्य हुन्छन जसमध्ये एउटाले कार्य र अर्कोले त्यसको कारणलाई देखाएका हुन्छन |
उदाहरण – तिमिले भन्यौ भने म जानेछु |
परिश्रम गरे सफल भइन्छ |
अभ्यास
- पाठको तेस्रो अनुछेदका क्रियापदलाई अज्ञात भूत कालमा परिवर्तन गरी पुनलेर्खन गर |
उत्तर – लेखे = लेखेछन्
लगे = लगेछन्
बटुले = बटुलेछन्
पाए = पाएछन्
पर्यो = परेछ
पारे = पारेछन्
थाले = थालेछन्
- तलका भूत कालका सामान्य पक्षका क्रियापदलाई अभ्यस्त परिवर्तन गरि पुनलेर्खन गर :
- रविन्द्रनाथले तल्लिन भई कविताको आराधना गरे |
उत्तर – रवीन्द्रनाथ तल्लिन भई कविताको आराधना गर्थे |
उत्तर – उनी नाटक रचंना गर्थे |
- उनले नंया किसिमका छोटा कथा लेखे |
उत्तर – उनी नंया किसिमका छोटा कथा लेख्थे |
- उनले मनोवैज्ञानिक आधारमा उपन्यास रथे |
उत्तर – उनी मनोवैज्ञानिक आधारमा उपन्यास रच्थे |
- उनी चित्रकलाको साधनामा लागे |
उत्तर – उनी चित्रकलाको साधनामा लाग्थे |
- उनले शान्तिनिकेतन नामक विद्यालय खोले |
उत्तर – उनी शान्ति निकेतन नामक विद्यालय खोल्थे|
- उनले विद्यालयका लागि पाठ्य पुस्तक पनि लेखे |
उत्तर – उनी विद्यालयका लागि पाठ्य पुस्तक पनि लेख्थे |
- कोष्ठमा दिईएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर :
- उनीहरु कविता लेख्छन् | सम्भानार्थ
उत्तर – उनीहरु कविता लेख्लान् |
- तिमहरु पाठ्यपुस्तक पढ्छौ | सम्भानार्थ
उत्तर – तिमीहरु पाठ्यपुस्तक पढोंला |
- हामी छोटा कथा पढ्छौ | इच्छार्थ
उत्तर – हामी छोटा कथा पढों |
- रवीन्द्रनाथले कविताको आराधना गरे | सम्भानार्थ
उत्तर - रवीन्द्रनाथले कविताको आराधना गर्लान् |
- भाइले नोबेल पुरस्कार पाउँछ | इच्छार्थ
उत्तर - भाइले नोबेल पुरस्कार पाओस् |