Subject: Nepali
पाठ १४
जीवनी
सहित्यकार रविन्द्रनाथ ठाकुर
१)तलका प्रश्नको उत्तर भन :
क) रवीन्द्रनाथको जन्म कहाँ भएको थियो |
उत्तर – रवीन्द्रनाथ ठाकुरको जन्म भारतस्थित कोलकताको जोडासाँकु भन्ने ठाउँमा भएको थियो |
ख) रवीन्द्रनाथले साहित्य श्रीजनाहर्ने प्रेरणा कसरी प्राप्त गरे |
उत्तर – रवीन्द्रनाथले साहित्य श्रीजना गर्ने प्रेरणा आफ्नै घरमा हुने साहित्य, सङ्गीत, र चित्रकला सम्बन्धि चर्चा परिचर्चा गर्ने वातावारणबाट प्राप्त गरे |
उत्तर – रवीन्द्रनाथले विश्वप्रसिद्ध नोबेल पुरस्कार पाए |
रवीन्द्रनाथको बिबाह कुन उमेरमा कोसंग भयो ?
उत्तर – रवीन्द्रनाथको विवाह २२ वर्षको उमेरमा मूणालिनीदेवीसंग भयो |
रवीन्द्रनाथका प्रमुख चारवटा कृतिहरु के के हुन् |
उत्तर – रविन्द्रनाथका प्रमुख चार ओटा कृतिहरु ‘ गितान्जली’, काबुली बाला, गोरा, र फाल्गुनी’ हुन् |
रवीन्द्रनाथका दृष्टिमा सर्बोपरी महिमाका विषय के हुन् |
उत्तर – रवीन्द्रनाथका दृष्टिमा सर्बोपरी महिमाका विषय मानव अधिकार, राष्ट्रप्रेम र समाज सुधार हुन् |
२) जोडा मिलाऊ
रवीन्द्रनाथको जन्म सन् १८८३
मूणालिनीदेवीसंग जोडासाँकु
शान्ति निकेत सन् १९०२
मूणालिनीदेवीको मृत्यु गोरा
नोबेल पुरस्कार प्राप्ति विद्यालय
रवीन्द्रनाथको देह त्याग सन् १९१३
सन् १९४१
उत्तर :
रविन्द्रनाथको जन्म जोडासाँकु
मूणालिनीदेवीको विवाह सन् १८८३
शान्ति निकेतन विद्यालय
मूणालिनीदेवीको मृत्यु १९०२
नोबेल पुरस्कार प्राप्ति सन् १९१३
रविन्द्रनाथको देह त्याग सन् १९४१
उत्तर लेख :
उत्तर – रवीन्द्रनाथ ठाकुर विश्व विख्यात भारतीय साहित्यकार हुन् | उनको जन्म सन् १८६१ मा भारतस्थित कोलकताको जोडासंकु भन्ने ठाउँमा भएको थियो | सम्पन्न र सामाजिक दृष्टिले सम्मानित परिवारमा जन्मिएका रवीन्द्रनाथ ठाकुरका बाजेको नाम द्रारकानाथ थियो | उनी त्यस क्षेत्रकै प्रख्यात व्यक्ति थिए | उनका माता पिताको नाम शारदादेवी र देवेन्द्रनाथ थियो | उनको परिवार शिक्षित र सम्पन्न थियो | सात दाजुभाई मधेका कान्छा हुन् रवीन्द्रनाथ, उनलाई पढ्नका लागि सानैमा विद्यालय गरीएको थियो | उनी बाल्यकाल देखीनै सिमित विद्यालय भित्र भन्दा खुल्ला वातावारणमा रमाउन चाहन्थे | उनी आफ्ना घरमा हुने साहित्य, सङ्गीत, र चित्रकला सम्बन्धि चर्चामा विशेष ध्यान दिन्थे | त्यसैले उनलाई घरमै पढ्न र सङ्गीत अभ्यास गराउने व्यवस्था समेत गरिएको थियो | यसरी रवीन्द्रनाथ बाल्यकाल सुखद रुपमा बितेको थियो र उनले श्रजना गर्ने प्रेरणा पनि घरकै वातावारणबाट प्राप्त गरेका थिए |
उत्तर – रवीन्द्रनाथ एक जिज्ञास किशोर थिए | उनलाई विद्यालयको सिमित घेरामा बसेर पढ्न त्यति मन लाग्दैनथ्यो | उनी भएर हिंडुला गर्न चाहन्थे | उनकै रुचि अनुसार उनलाई बुबाले प्रकुती विचित्र स्थल हिमालयको भ्रमणमा लगे | त्यसबेला उनले महासागरदेखि हिमालयसम्मको जीवन र जगत सम्बन्धी फराकिलो अनुभव बटुल्ने मैका पाए | त्यस भ्रमणबाट उनले विभिन्न क्षेत्रका मानिस र तिनले भोगेका दु:ख, कष्ट, शोषण, उत्पीडनलाई नजिकैबाट बुझ्न पाए | हिमालयको भ्रमणबाट रवीन्द्रनाथले जीवन र जगतसम्बन्धी अनेक अनुभवहरु बटुले |
उत्तर – रवीन्द्रनाथ ठाकुरद्रारा रचित ‘गिताज्जली’ विश्व प्रख्यात कृति हो | यो उनको कविता विधाको विश्व प्रसिद् भएको कृति हो | यस कृतिमा प्रकृतिको बाहिरी र आन्तरिकसुन्दरताको चित्रण र इश्वरको महिमागान समेत गरिएको छ | यसका साथै यस कृतिमा प्रकृति, इश्वर र मानिसबिच घनिष्ट सम्बन्ध रहेको कुरालाईसमेत प्रस्तुत गरिएको छ | उनले यस कृतिलाई आफैले अंगेजी भाषामा अनुवाद गर्ने काम पनि गरे | यसले गर्दा उनको यो कृति अन्तरास्ट्रिय स्तरमा चर्चित हुन् पुग्यो | सन् १९१३ मा यस कृतिकालागि विश्व प्रख्यात नोबेल पुरस्कार प्रदान गरियो | यसरी यो कृति प्रकृति, इश्वर र मानवको त्रिपक्षिय सम्बन्ध रहेको कुरा कलात्मंक रुपमा खुलासा गरिएको विश्व प्रसिद्ध कृति हो |
उत्तर – रवीन्द्रनाथ ठाकुर साहित्यकार मात्र होइन, शिक्षा सेवी र बालमनोविज्ञान पनि थिए | उनी विद्यार्थीहरुमा रहेका प्रतिभालाई साहित्य, गीत, सङ्गीत र चित्रकला का मध्यमबाट उजागर गर्न चाहन्थे | विद्यालयमा यान्त्रिक वातावारणमा पठनपाठन हुने गर्थ्यो | यस्तो वातावारणबाट विद्यार्थीमा भएको सहज प्रतिभाओ प्रस्फुटन सम्भव नहुने ठानी उनले सन् १९०१ मा शान्ति निकेतन नामक विद्यालयको स्थापना गरे | यसरी विद्यार्थीमा भएको सहज प्रतिभालाई प्राकुर्तिक एवम विद्यार्थी मैत्री वातावारणमा शिक्षा दिने मुख्य उद्देश्श्यले शान्ति निकेतन विद्यालयको स्थापना भएको थियो |
उत्तर – विश्व प्रख्यात साहित्यकार रवीन्द्रनाथ ठाकुरले साहित्य विविध विधिमा कलम चलाएका कूतीहरु प्रसिद् छन् | उनको कविता विधाको ‘गिताज्जली’ विशिष्ट रचना हो | विश्व प्रख्यात नोबेल पुरस्कार समेत प्राप्त गरेको यस कृतिमा प्रकृति, इश्वर र मानवको त्रिपक्षिय सम्बन्ध रहेको कुरालाई देखाइएको छ | त्यस्तै उनका ‘कलुबी बाला’ कथा र ‘गोरा’ जस्ता उपन्यास तथा ‘रक्तकरबी’ एवम् ‘फाल्गुनी’ जस्ता नाट्यकृतिमा समेत मानव जीवनका विशिष्ट संवेदनालाई प्रस्तुत गरिएको छ | उनका कृतिमा मुलत प्रकुती,ईश्वर र मानवको त्रिपक्षिय सम्बन्ध बुझ्न आवश्यक छ भन्ने सन्देश एकातिर दिएको छ भने अर्कोतिर मानव अधिकार,राष्ट्रप्रेम र समाज सुधार सर्वोपरि महत्वका विषय भएकोले मानव अस्तित्वका निम्ति यी अति नै दिइएको छ | यस्तै मानवको मुक्ति र समद्धि पनि उनका रचनाको सन्देश हो |
जस्तै : उत्कृष्ट = निकृष्ट
आकर्षण पिता औपचरिक अनौपचारिक विकर्षण अरुचि माता
उत्तर – आकर्षण = विकर्षण
पिता = माता
औपचारिक = अनौपचारिक
चकित प्रसिद्ध अनमोल स्वतन्त्र प्रख्यात अमूल्य विछोड छक्क मुक्त
उत्तर – चकित = छक्क
प्रसिद्ध = प्रख्यात
अनमोल = अमूल्य
स्वतन्त्र = मुक्त
तलका शब्दहरुको अर्थ भन :
विविध, साहित्यकार, प्रतिष्ठा, गौरवमय, मनोरम, गहकिलो, गुर्हस्थ, स्रोत, आराधना, निर्भिक, अन्तराल, ममतामयी
उत्तर – विविध = भिन्न किसिमको, अनेक थरिको, विभिन्न
साहित्यकार = साहित्यकोरचना गर्ने व्यक्ति
प्रतिष्ठा = इज्जत, मानमर्यादा
गौरवमय = प्रतिष्ठा वा इज्जत भरिपूर्ण
मनोरम = मन लोभ्याउने. मनमोहक
गहकिलो = गहक भएको, वजनदार
गृहस्थ = घरमा बस्ने, घरबार गरेर बस्ने, गृहस्थी
स्रोत = मूलथलो
आराधना = प्रार्थना
निर्भिक = कसैसंग नडराउने
अनतारल = दुई बिन्दु, अवकाश वा अन्तर
ममतामयी = आत्मियता, स्नेहपूर्ण
रचना................................ प्रसार......................
प्रतिष्ठा.................... आकर्षण.........................
व्यवस्था...............शिक्षा............
उत्तर- रचना + इत = रचित प्रसार + प्रसारित
प्रतिष्ठा + इत = प्रतिष्ठित आकर्षण + इत = आकर्षित
व्यवस्था + इत = व्यवस्थित शिक्षा + इत = शिक्षित
कथा, उपन्यास, नाटक, चित्र, सङ्गीत, गीत, मुर्ति
उत्तर – कथा +कार = कथाकार
उपन्यास + कार = उपन्यासकार
नाटक + कार = नाटककार
चित्र +कार = चित्रकार
सङ्गीत + कार = सङ्गीतकार
गीत + कार = गीतकार
मुर्ति + कार = मुर्तिकार
प्रतिभा, विश्व, अभ्यास, अमर, प्रेरणा
उत्तर – प्रतिभा = उसले साहित्यको क्षेत्रमा आफ्नो प्रतिभा देखायो |
विश्व = इन्टरनेटको मध्यमबाट आज हामीले विश्व देख्न सकेका छौं |
अभ्यास = निरन्तरता अभ्यास गर्न सकेमा अवश्य पनि सफल हुन सकिन्छ |
अमर = नेपालका सहिदहरु हाम्रा सामु अमर रहिरहने छन् |
प्रेरणा = मैले माताबाट प्रेरणा लिएर साहित्य श्रजनामा लागेको छु |
© 2019-20 Kullabs. All Rights Reserved.