Subject: Nepali
व्याख्या गर :
सारङगीका स्वरहरु सङगीत फेर्ने गर
आफु हेर्ने आँखाहरु देश हेर्ने गर |
उत्तर – आजको मानिस आफ्नो स्वार्थ पुरा गर्न तल्लिन भएर लागेको छ | उसलाई समाज, देश र दुनियाँ कुनै मतलब छैन | एकातिर मानिस स्वार्थी बन्दै गएको छ भने अर्कातिर उसले समयको गतिलाई पहिचान गर्न पनि सकिरहेको छैन |अबको समयमा यस किसिमको सोचाई र व्यवहारले अघि बढ्न सक्दैन | हामीले आफ्नो स्वार्थ पर पन्छाएर अघि बढ्नु पर्छ | हामीले हाम्रो चिन्तन र सोचाईमा परिवर्तन ल्याउनुपर्छ | सारंगीका सहायताले गाइने स्वरमा र संगीतमा पनि परिवर्तन ल्याएर नयाँ चेतना समाजमा छर्नु पर्छ | त्यसका साथै आफ्नो स्वार्थ मात्र पुरा गर्न खोज्ने हाम्रो चेतनामा देशप्रति जिम्मेवारी बोध गर्नु पनि आवश्यक छ | देशप्रति समर्पित नहुन्जेल र स्वार्थबाट अलग नहुन्जेल देश र जनताको भलो हुदैन | हामीले आफ्नो देशको गैरव बढाउन पनि सक्दैन |
नि : स्वार्थ भएर समयको गतिसंगै देशको उन्नति र गौरव गर्नलाई सबैलाग्नु पर्छ भन्ने विचार माथिकाभनाइबाट स्पष्ट हुन्छ |
तलका प्रश्नहरुको उत्तर लेख :
क) कवितामा टारीभरि र बारीभरि सिप रोप्न किन भनीएको हो ?
उत्तर – नेपालको भौगोलीक अवस्था विविधतायुक्त रहेको छ | हाम्रो देश नेपाललाई भौगोलीक क्षेत्र अनुसार तिन भागमा बिभाजन गरिएको छ |ती हुन् हिमाल, पहाड, तराई | यसैका आधारमा विकासका गतिविधिहरु अगाडी बढाउने काम भएको छ | आज अग्ला ठाउँ र पाखाबारीहरु प्रयोजनहीन बन्दै गएका छन् | यस्ता ठाउँहरुमा प्राविधिकहरुबाट योजना बनाएर कार्यक्रमहरु संचालन गर्न सके अन्नबाली उब्जाउने कार्यदेखि लिएर उद्योग धन्दा पनि संचालन गर्न सकिने अवस्था सिर्जना हुन सक्छ | अत : त्यसै खेर गइरहेको ठाउँमा विकासको मूल फुटाउन कवितामा टारीभरि र बारीभरि सिप रोप्न भनीएको हो |
ख)कविताको द्रोस्रो श्लोकमा मर्नुभन्दा अघि के गर्नुपर्छ भनीएको छ |
उत्तर – कविताको द्रोस्रो श्लोकमा मर्नुभन्दा अघि देशको शिर उच्च पार्ने काम गर्नुपर्छ भनीएको छ | निश्चय नै मानिस जन्मेपछि एकदिन अवश्य मर्छ | मर्नुबाट कोहि पनि बचेको छैन र बच्दैन पनि | आफ्ना अभिभावक वा मान्यजनले आशिर्वाद दिंदा ठुलो मान्छे भएस् भनी दिंदै आएकोमा अब छोटो मरेस् भनेर दिए पनि कुनै फरक पर्दैन तर उसलाई हिमालमा चुली थप्ने भएस्भनेर आशिर्वाद दिनु आवश्यक छ | देशको शिर ठाडो हुने र हाम्रो इजज्त एवम् प्रतिष्ठा पनि बढ्ने कुरामा शंका छैन |
ग) हामीले हाम्रो सिप र श्रमलाई देशका लागि खर्चिनुपर्छ |
उत्तर – प्राकृतिक र संस्कृतिक दृष्टिले सम्पन्न हाम्रो देश सिप र श्रमको अभावका कारण निकै पछि पर्दै गएको छ | कलकल गरि बग्ने हजारै खोलानाला र विविधता भौगोलीक वातावारण बिचको निकटता, दुरता आदिको अध्ययन हुन नसक्दा नेपालीहरुको सिप र श्रम त्यसै खेर गइरहेका छ | हामीले आफ्नो सिप र श्रमलाई देशका निम्ति लगानी गर्न सके हाम्रो देश विश्वकै सुन्दर मुलुकका रुपमा आउन सक्ने अवस्था रहेको छ | हामीले देशको इज्जत र प्रतिष्ठा बढाउन पनि हाम्रो सिप र श्रमलाई देशका निम्ति खर्चिनु आवश्यक छ |
घ)) ‘सिप’ र ‘श्रम’ कविताको मुख्य भाव के हो ?
उत्तर – देशप्रेमी तथा कवि क्षेत्रप्रताप अधिकारीबाट लिखित ‘सिप र श्रम’ कवितामा देशभक्ति भावलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ | भौगोलीक विविधता र प्राकृतिक सम्पन्नता युक्त हाम्रो देशमा विकास निर्माणका कामहरु सन्तोषजनक रुपमा हुनसकेको छैन | अबका पुस्ताहरुले नंया नंया सिप र प्रविधि सिकेर देश निर्माण गर्नुपर्छ | सगरमाथाको देश भनेर विश्वमा चिनिन्छ तर हाम्रो देशको इज्जत राख्न सकेको छैन | आफ्नो देशको माटोसंग नाता गाँस्दै स्वार्थरहित भएर सारा नेपालीहरु देश निर्माणमा लाग्नु पर्छ | स्वार्थलाई पर पन्छाएरर देशको विकास अनि गौरव बढाउन एक भएर लाग्न सके मात्र नेपाल र नेपालीको मान, प्रतिष्ठा र इज्जत बढ्छ भन्ने देशभक्तिपूर्ण भावलाई यस कवितामा मुख्य रुपमा प्रस्तुत गरिएको छ |
मिल्ने अर्थ छानेर जोडा मिलाऊ :
आँखा, माया, आसिक, किरण, नयन, प्रकाश, प्रेम, आशिर्वाद
आखा – नयन
माया – प्रेम
आसिक – आशिर्वाद
किरण – प्रकाश
उल्टो अर्थ छानेर जोडा मिलाऊ :
वारि, सपना, उठ, माया, घाम, सुत, छाया, पारि, घृणा, विपना
उत्तर – वारि = पारि
सपना = विपना
उठ = सुत
माया = घृणा
घाम = छाया
अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर :
सिप, पाखुरा, मुटु, सारंगी, सपना
सिप = उसलाई सम्झाए पनि मेरो केहि सिप लागेन |
पाखुरा = नेपालीहरु पाखुराका भरमा बन्छन् |
मुटु = निरोगी हुनलाई हामीले मुटुलाई बचाई राक्नुपर्छ |
सपना = सपनामा देखेको कुरा विपनामा प्राप्त हुदैन |
तल दिएका शब्दलाई सच्याएर लेख :
एस्तो, सोरहरु, बतुलेर, वारीभरी
एस्तो = यस्तो
सोरहरु = स्वरहरु
बतुलेर = बटुलेर
वारीभरी = बारीभरि
© 2019-20 Kullabs. All Rights Reserved.