ठग समातियो

Subject: Nepali

Find Your Query

Overview

ठग समातियो

पाठ १५

ठग समातियो                         विजय चालीसे

  • उत्तर भन :
  • ‘ठग समातियो’ कथाका लेखक को हुन् ?

उत्तर – ‘ठग समातियो’ कथाका लेख विजय चालिसे हुन् |

  • विराजकी आमा किन चिन्तित हुनुहुन्थ्यो ?

उत्तर – सधै समयमै घर आउने छोराले अबेर गरेकामा आमा चिन्तित हुनुहुन्थ्यो|

  • विराज कहाँ गएको थियो ?

उत्तर – विराज रमेशकहाँ खेल्न गएको थियो |

  • ठगले आमासंग कति रुपियाँ मागेको थियो ?

उत्तर – ठगले आमासंग दस हजार रुपियाँ मागेको थियो |

  • कसले गर्दा आमा ठगिनबाट बच्नुभयो |

उत्तर – विक्रमले गर्दा आमा ठगिनबाट बच्नुभयो |

  • तलका भनाइ कसले कसलाई किन भनेको हो. लेख :
  • पख बाबु, म पैसा लिएर आउँछु |

उत्तर – यो भनाइ आमाले ठगलाई छोरा विराजको उपचारका लागि पैसा लिएर आउँछु भनेकी हुन् |

  • त्यस केटाको अनुसार कस्तो छ. भन त

उत्तर – यो भनाइ रमेशले विक्रमलाई ठगको हुलिया बुझ्न सोध्ने क्रममा भनेको हो |

  • त्यसलाई केहि बेर अलमल्याएर राख |

उत्तर – यो भनाइ रमेशले विक्रमलाई ठगिनबाट बच्न ठगलाई अल्मल्याएर राख्न भनेको हो |

  • म खर्च लिएर जादैं गर्छु तपाई आउंदै गर्नुहोला |

उत्तर – यो भनाइ ठगले विराजकी आमालाई आफु दोषी ठहरिने डरले आत्तिएर भनेको हो |

 

  • तपाईहरु समय बर्बाद गर्दै हुनुहन्छ | म हिडें, तपाईहरु आउंदै गर्नुहोस् |

उत्तर – यो भनाइ ठगले विराजकी आमालगायत विकास काकाको आशंकाबाट आफू समातिने दरले भाग्न आँटदा भनेको हो |

 

  • पाठ राम्ररी पढी ठिक शब्द खोजेर खाली ठाउँमा भर :
  • आमाको अनुहार...................... भयो |

उत्तर - आमाको अनुहार उज्यालो भयो |

  • आमा .................... फेरी भित्र पस्नु भयो |

उत्तर- आमा जवाफै नपर्खी भित्र पस्नु भयो |

  • आमा बाहिर निस्कंदा त्यो केटो .......... भन्दै थियो |

उत्तर – आमा बाहिर निस्कंदा त्यो  केटो हड्बडाएर भन्दै थियो |

  • एक्कासी विराजलाई त्यहीं देखेर सबै .............. भए |

उत्तर – एक्कासी विराजलाई त्यहीं देखेर सबै चकित भए |

  • म त रमेशकहाँबाट......................आउदै छु |

उत्तर - म त रमेशकहाँबाट सरासर आउदै छु |

 

  • तलका प्रश्नहरुको सन्क्षिप्त उत्तर लेख :
  • आमा के कारणले गर्दा एकदमै आत्त्तिनुभयो ?

उत्तर – आमा आफ्नो छोरा विक्रम र विराज अनि सानी चोरीको लालनपालन र हेर विचारमा विशेष ध्यान पुयाउंथिन | आफ्ना छोराहरु सबैमा पढ्न जाने र घर फर्कदा पनि समयमै फर्किने गर्थे | खेल्ने जाँदा पनि समयको परिपालनमा ध्यान दिन्थे | उनीहरुवास्तवमै अनुशाशित थिए | विक्रमका ब पोखरा गएका बेला एकदिन विक्रम खेल्न गएर समयमै घर फर्कीए पनि विराज सांझा पनि घर फर्कीएन | छोराले अबेर गरेकोमा आमा आत्तिन | यसै बेला कसैले घन्टी बजाएको आवाजले आमालाई सान्त्वना मिले पनि ठग्न आएको केटोले आफुविराजको साथी हुँ  भन्दै कलेजबाट फर्कदा विराजलाई मोटरले ठक्कर दिई घाइते भएकाले अस्पताल पुर्याएको र उसको तुरुन्तै उपचारका लागि खर्च आवश्यक परेकाले आफु खर्च लिन आएको भन्ने अप्रत्याशित समाचार सुनेका कारण आमा एकदमै आत्तिनु भयो |

 

  • आमा किन अस्पताल जान हिंडन खोज्नुभयो ?

उत्तर – आमा आफ्ना परिवारप्रति जिम्मेवारी र कर्तब्य पुरा गर्ने एक कर्तब्यपरायण नारी थिइन् | आफ्ना छोराछोरीको लालनपालन र हेरचाहमा विशेष ध्यान पुर्याउने आमाले ठग केटाबाट मोटरको ठक्करले आफ्ना छोरा विराज घाइते भई अस्पताल पुर्याइएको र उसले तुरुन्तै उपचार गर्नुपर्ने कुरा सुनेपछि आमा अत्यन्तै चिन्तित भईन | उनले त्यस केटोसंगै आफु पनि छोराको उपचारको निम्ति पैसा लिएर अस्पताल जान हिंड्न खोज्नुभयो |

 

  • विक्रमले कसलाई किन फोन गर्यो ?

उत्तर – आमाको छोरो विक्रम अनुशाशित र चलाख पनि थियो | दाजु विराज दुर्घटना मा परेको र अस्पताल पुर्याएर उपचार गर्नु पार्ने कुरा ठग आएर सुनाए पछि उसका मनमा सङ्का उत्पन्न भयो | असले आमालाई विक्रमलाई घरमा छोडी अस्पताल जान खोज्दा ठगले घरमा साना भाइबहिनि तपाई नगए पनि हुन्छ भनेको कुरा सुन्दा अझै संका लाग्यो | उसले त्यसबेला दाइले घर फर्कदा ढिलो हुने र रमेशकंहा गएर पढ्ने कुरा पनि गरेको सम्झियो | त्यसैले ठगले भर्म पार्न ठग्न लाग्यो भनी आमालाई एकछिन् पर्खन आग्रह गर्दै उसले दाजुका बारेमा यथार्थ कुरो बुझ्न रमेशलाई फोन गर्यो |

 

  • विक्रमले आमालाई अलमल्याउनुको कारण के हो ?

उत्तर – आमाको छोरा विक्रम नकै चलाख किशोर थियो | उसले आमालाई दाजु दुर्घटनामा परेको सूचना दिएर ठगले ठग्न आँटेको थाहा पाएर विराजको साथी रमेशकहाँ फोन गर्यो | रमेशले भनेको हुलिया अनुसार विक्रमलाई झनै सङ्का लागेपछि छिमेकि विकास काकालाई जानकारी गरायो | यथार्थ कुरा पत्त्ता लागीनसकेको र रमेश पनि समयमै नआइपुगेकोले आमालाई बाहिर निस्कन लाग्दा ढोका थुन्न र छेस्किनी लगाउन लगायो | यसरी विक्रमले ठग पत्त्ता लगाउन प्रमाण जुटाउनका लागि आमालाई अलमाल्याउनुको मुख्य कारण थियो |

 

  • ‘ठग समातियो ‘ कथाले के सन्देश दिएको छ ?

उत्तर – कथाकार विजय चालिसेद्रारा लिखित ‘ठग समातियो’ एक सामाजिक विषयवस्तु मा आधारित प्रसिद् कथा हो | जीवनमा अपर्झट समस्याहरु आइलाग्छ र तिनको समाधान बुद्धि पुर्याएर गर्नुपर्छ भन्ने सन्देश दिएको छ |

 

बाबु पोखरा गएको बेला रमेशकंह पढ्न गएको विराज साझा अबेरसम्म घर नफर्कदा आमा चिन्तित भइरहेको अवस्थामा एकजना ठग केटोले उनको छोरो मोटरले ठक्कर दिई अस्पताल भर्ना गरिएको र उपचारको लागि पैसाको आवश्यकता परेको  र लिनआएको कुरा ठगले जानकारी गराउंदा दिन तयार भएको हुदा विराजको भाई विक्रमले बुद्धि पुर्याएर रमेशलाई र छिमेकि विकासकाकालाई फोन गरेपछि आमालाई ठगिनबाट जोगायो | हुदै नभएको कुरालाई आधार बनाएर ठग्न खोज्ने केटाका कर्तुत पर्दाफास भयो | त्यसैले कुनै पनि समस्या आइपर्दा सोचेर मात्र काम गर्नु पार्ने सन्देश दिएको छ |

  • उल्टो अर्थ छानेर जोडा मिलाऊ

चोर      साँझ      उज्यालो     सजिलो     आवाज     अँध्यारो      बिहान       असजिलो      साधु

उत्तर – चोर    =      साधु

साँझ         =      बिहान

उज्यालो      =      अँध्यारो

सजिलो       =     असजिलो

  • मिल्दो अर्थ छानेर जोडा मिलाऊ :

एक्कासी      अनुहार      हड्बडाएर       चलाख      छक्क     पैसा     आत्तिएर      अचम्म      मुहार          चतुर       आकस्मिक

उत्तर – एक्कासी       =    आकस्मिक

      अनुहार        =    मुहार

      हड्बडाएर      =     आत्तिएर

      चलाख        =     चतुर

      छक्क        =     अचम्म

 

  • अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर :

चकित,     चिन्तित,     खर्च,      औषधी,      ठक्कर

उत्तर =

चकित   =  तिम्र कुरा सुनेर म त चकित हुन्छु |

चिन्त्तित  =  मेरो पढाई कमजोर भएको कारणले आमा सधै चिन्त्तित हुनुहुन्छ |

खर्च     = सहरमा बसेर पढन निकै खर्च लाग्छ |

औषधी   =  बिरामीलाई ठिक समयमा औषधी खुवाएमा चाडै रोग निको हुन्छ |

ठक्कर   = आज मोटरसाइकलले बाटो हिड्ने  बटुवालाई ठक्कर दियो |

 

Things to remember
  • It includes every relationship which established among the people.
  • There can be more than one community in a society. Community smaller than society.
  • It is a network of social relationships which cannot see or touched.
  • common interests and common objectives are not necessary for society.

© 2019-20 Kullabs. All Rights Reserved.